विश्व

भारतमा तेस्रो लहर कोरोना महामारीको खतरा, सतर्कता अपनाउन सरकारको जोड

सौर्य अनलाइन २०७८ साउन २ गते १८:०३ मा प्रकाशित

नयाँ दिल्ली । भारत सरकारले नै कोभिड – १९ को महामारीको तेस्रो लहरको खतरा रहेको जनाएको छ । भारत सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनु पर्नेमा जोड दिएको छ ।

भारत सरकारको स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भि के पाउलले सो चेतावानी दिएका हुन् । उनले अहिलेको अवस्थामा थप सतर्कता अपनाउने र आवश्यक तयारी नगर्ने हो भने भारतमा तेस्रो वेभको खतरा रहेको छ भने त्यो वेभ आगामी १०० देखि करिब १२५ दिनमा आउन सक्ने बताउनुभएको छ ।

उनले भनेका छन्, ‘हाम्रो जनसंख्या धेरै छ, यसका कारण यहाँको अवस्था निकै खतरा पनि हुनसक्छ र हामीले यस विषयमा आवश्यक सतर्कता अपनाउन सकेनौँ भने यसले हामीलाई ठूलो क्षति दिन सक्ने छ ।’ हालै विश्व स्वास्थ्य संगठनले कोभिड – १९ को विश्वको अवस्थाको मूल्यांकन गर्दै आगामी दिनमा पनि यो चुनौती रहेको बताएको थियो ।

विश्व स्वास्थ्य संगठनले पनि अहिले विश्वका कतिपय देशमा देखिएको यो महामारी विरुद्धको सतर्कताको अवस्था हेर्दा त्यो पर्याप्त नभएको र आवश्यक मात्रामा आगामी दिनमा थप सतर्कता अपनाउनुपर्ने बताएको थियो ।

यसअघि पनि भारतका अधिकारीहरुले आगामी अगष्ट महिनाको अन्त्यतिरबाट यो भारतमा कोभिड – १९को तेस्रो वेभ आउन सक्ने खतरा रहेको बताउँदै आएका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय