चिनियाँ विश्वविद्यालयका पूर्व उपप्रमुख घुस लिएको आरोपमा पक्राउ

बेइजिङ । लाओनिंग प्रान्तको पिपल्स प्रोक्यूरेटरेट्ले चीनको राजनैतिशास्त्र तथा कानून विश्वविद्यालयका पूर्व उपाध्यक्ष यू झिगाङलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

राष्ट्रिय पर्यवेक्षण आयोगले गरेको अनुसन्धानपछि यूको मुद्दा समीक्षा र अभियोजनका लागि अपराध अनुसन्धान अधिकारीलाई हस्तान्तरण गरिएको ‘सुप्रिम पिपल्स प्रोक्चरेटोरले बिहीबार एक विज्ञप्तिमा बताएका छन् ।

उक्त मुद्दामाथि थप अनुसन्धान भने जारी रहेको बताइएको छ । यूलाई दलको अनुशासन र कानुन उल्लङ्घन गरेको आरोपमा चिनियाँ कम्यूनिस्ट पार्टी सदस्य र सार्वजनिक सेवाबाट पनि निस्काशन गरिएको छ ।

प्रतिक्रिया