चीनमा एकहोटल भवन भत्किँदा ८ जनाको मृत्यु, ९ जना बेपत्ता

नानजिन । चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा रहेको एक अस्पताल भवन भत्किँदा त्यसमा रहेका आठ जना नागरिकको मृत्यु भएको छ । सो भवन सोमबार अपरान्ह भत्किएको थियो । उक्त घटजामा आठ जनाको मृत्यु हुनुका साथै अन्य ९ जना बेपत्ता भएको पनि बताइएको छ ।

जियान्सु प्रान्तका अधिकारीहरुले मंगलबार सो कुराको जानकारी दिइएको हो । सोमबार अपरान्ह सो भवन भत्किँदा त्यसमा रहेका करिब २३ जना नागरिक च्यापिएका थिए । तीमध्ये आठ जनाको निधन भएको छ भने अरु ९ जना अझै पनि भवनभित्रै च्यापिएका छन् । अरुको सकुशल उद्धार गरी निकालिएको थियो ।

त्यसमा च्यापिएकाहरुको उद्धारका लागि सुरक्षाकर्मी तथा अन्य उद्धारकर्मीहरुले काम गरिरहेका छन् । त्यसैगरी सो भवन के कति कारणले भत्किएको हो भन्ने बारेमा अनुसन्धान सुरु भएको पनि प्रहरीले जानकारी दिएको छ । उक्त होटलको भवन के कसरी निर्माण गरिएको थियो भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया