इजरायलका निवर्तमान प्रधानमन्त्री नेतान्याहु १२ वर्षपछि सरकारी निवासबाट बाहिरिए

तेलअभिभ । इजरायलका निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले झण्डै १२ बर्षपछि प्रधानमन्त्रीको सरकारी निवास छोडेका छन् । इजरायलको राजधानी जेरुसेलमको बाल्फोर सडकमा रहेको प्रधानमन्त्री निवास उनले सपरिवार खाली गरिदिएका हुन् ।

प्रधानमन्त्री निवासबाट नेतान्याहुको सपरिवार बाहिरिएको विषयलाई स्थानीय सञ्चार माध्यमहरुले आइतबार खुवै महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका छन् । प्रधानमन्त्री निवासबाट केही सामानहरुसहित ट्रकहरु बाहिरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । ती ट्रकहरु शनिबार बेलुकादेखि नै बाहिरिएको देखिएको थियो ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अहिले उनी देशको प्रमुख विपक्षी दलको नेता बन्नु भएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री निवासबाट निस्केपछि उनी शाब्बातमा रहेको उनकै आफ्नै घरमा बस्न लागेका छन् । प्रधानमन्त्री पदबाट मुक्त भएको झण्डै एक महिनापछि उनी प्रधानमन्त्री बस्ने सरकारी निवासबाट बाहिरिएका हुन् ।

विषेश एक सम्झौतापछि उनको सट्टामा इजरायलमा अहिले नाफ्ताली बेन्नेट प्रधानमन्त्री बन्नु भनेका छन् । उनले यही जुन १३ मा प्रधानमन्त्रीको जिम्मेबारी सम्हालेकका थिए ।

प्रतिक्रिया