हाइटीका राष्ट्रिपति मोइसको गोली हानी हत्या

काठमाडौं । हाइटीका राष्ट्रपति जोभेनेल मोइसको गोली हानी हत्या गरिएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफका अनुसार राष्ट्रपति मोइसको हत्या बुधबार बिहान गरिएको हो । अपरिचित समूहले पोर्ट औ प्रिन्सस्थित मोइसको घर पुगी आक्रमण गरेको र मोइसको हत्या गरेका बताइएको छ । आक्रमणमा परी मोइसकी पत्‍नी घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

‘हाइटीको सुरक्षा स्थिति नियन्त्रणमा छ । पर्याप्त मात्रामा सुरक्षा फौज खटाइएको छ । मुलुकको सुरक्षाका लागि आवश्यक कदम उठाइएको छ,’ हाइटी सरकारले जारी गरेको विज्ञप्तीमा भनिएको छ । यद्यपि माइसको हत्याबारेमा थप केही बताइएको छैन ।

५३ वर्षिय मोइसले पछिल्लो समय विपक्षीबाट राजिनामाको माग खेपिरहेका थिए । विपक्षीहरूले उनको राष्ट्रपतिय कार्यकाल फेब्रुअरीमै सकिएकाले तुरुन्त राजीनामा दिनुपर्ने बताउँदै आएका थिए । मोइस तथा उनका समर्थकको भने राष्ट्रिपतिय कार्यकाल सकिँन समय रहेको दाबी रहँदै आएको छ । हाइटीमा सन् २०२१ को अन्त्यमा आम निर्वाचन हुने तालिका छ ।

प्रतिक्रिया