‘कतिसम्म संसदीय व्यवस्थाको हुर्मत काढ्ने हो ?’ : डा. डिला संग्रौला

डा. डिला संग्रौला

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौलाले संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी अदालतमा मुद्दा चलिरहेको अबस्थामा संबैधानिक निकायको नियुक्ति गरिनु संविधानको मर्म र भावना बिपरितको कार्य भएको टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमा डा. संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कतिसम्म संसदीय व्यवस्थाको हुर्मत काढ्ने हो ? भन्दै प्रश्न समेत गरेकी छन् ।

उनले भनेकी छन् –

‘कार्यकारीको रुपमा रहेका प्रधानमन्त्री केपि ओलिको मनोमानी एबम स्वच्छचारिताले राज्यका अंगहरु बिचको शक्ति सन्तुलनलाई क्षतबिक्षेत पार्दै अद्यादेश मार्फत संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी अदालतमा मुद्दा चलिरहेको अबस्थामा संबैधानिक निकायको नियुक्ति गरिनु संविधानको मर्म र भावना बिपरितको कार्य हो । कतिसम्म संसदीय ब्यबस्थाको हुर्मत काढ्ने हो प्रधानमन्त्री ज्यु ? अब त अति भयो । जनतामा मुख देखाउनु पर्छ कि पर्दैन ? थोरै भए पनि सोच बिचार गरौं । आम नेपाली जनताले प्रधानमन्त्री ओलीलाई सद् बुद्धि दिउन् ।’

प्रतिक्रिया