‘निष्ठुरी भयौ रे’ सार्वजनिक

काठमाडौं । गायक शिव सागर खड्का र गायिका एलिना चौहानको आवाज रहेको ‘निष्ठुरी भयौ रे’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । विशाल नेपालीको शब्द तथा गायक खड्काले संगीत भरेको गीतमा पुरुषोतम न्यौपानेको एरेन्ज रहेको छ ।

प्रेम र बिछोडको विषयमा केन्द्रित रहेको गीतको भिडियोमा प्रेमीप्रेमिकाको सम्बन्धलाई प्रस्तुत गरिएको छ । भिडियोमा गायक गायिकालाई नै देखाइएको छ । विशाल नेपालीले निर्देशन गरेको गीतको भिडियाको छायांकन दिनेश पराजुली र सम्पादन अमृत चापागाईले गरेका छन् ।

प्रतिक्रिया