गोकर्णेश्वरमा टिप्परको ठक्करबाट एकजनाकाे ज्यान गयो

काठमाडाैं । गोकर्णेश्वरमा टिप्परले ठक्कर दिँदा शुक्रबार बिहान एक जनाको ज्यान गएको छ । गोकर्णेश्वर नगरपालिका ९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिप्परले ठक्कर दिँदा साइकलयात्री अन्दाजी ३० वर्षका एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । उनको परिचय भने खुलेको छैन । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया