पोखरिया नगरपालिकामा ४६ करोड ३० लाखको बजेट विनियोजन

पर्सा । जिल्लाको पोखरिया नगरपालिकाको आर्थिक वर्ष ०७८/८९ को पाचौं नगरसभाले ४६ करोड ३० लाख ८२ हजार बराबरको बजेट विनियोजन गरेको छ । पोखरिया नगरपालिकाको सभा हलमा आज भएको पाँचौ नगरसभामा नगर उपप्रमुख सलमा खातुनले बजेट प्रसतुत गरिन । नगरसभाको उद्घाटन जेस्टनागरिक महिला सदस्य रब्या खातुनले गरेकी थिइन ।

कार्यक्रममा पोखरिया नगरपालिका मेयर दिपनारायण रौनियारले जनताहरु सँग गरेको बाँचा अहिले पनि अधुरै नै रहेको बताए । उनले भने, ‘हामीहरु जनप्रतिनिधि भएर आएको बेला देखि बिकास निर्माण लगायतको काम आफूले सके अनुसार बाकी छोडेको छैन ।’ अझैं बाँकी रहेको काम ६ महिनामा पूरा गर्ने उनले बताए । उनले भने, ‘राजनीतिक खिचातानीका कारण पोखरिया नगरपालिकाको बिकासमा समस्या भएपनि संघर्ष गरि नगरपालिकाका जनप्रतिनिधिहरु एकजुट भएर अगाडि बढने छौं ।’

उनले जनप्रतिनिधि र कर्मचारीहरु वीच समन्वय गरि अगाडि बडेको ले अहिले हामी हरु धेरै नै बिकास निर्माण लगायत को काम अगाडि बढेका बताए। जिल्लाकै दोस्रो सदरमुकामको रूपमा रहेको पोखरियाको समग्र विकासको लागि एकजुट भई अगाडि बढ्न उनले आग्रह गरे ।

नगरसभाबाट कार्यक्रम बजेटमा पोखरिया नगरपालिकाको ४६ करोड ३० लाख ८२ हजारको बजेट नीति तथा कार्यक्रममा प्रस्तुत गरिएकोमा आन्तरिक स्रोत ५ करोड, समानिकरण अनुदान ११ करोड ७५ लाख, सशर्त १९ करोड ८९ लाख, राजस्व बाँडफाँड ७ करोड १५ लाख, प्रदेश सरकार बाट बितिय समानिकरण ८० लाख ४४ हजार, विशेष अनुदान ३० लाख, सम्पुर्क २० लाख, राजस्व बाँडफाँड ४० लाख ५२ लाख रहेको छ । नगर सभा कार्यक्रममा स्वास्थ्य , शिक्षा, कृषि , पशु , पर्यटन, भौतिक पुर्वधार विकासमा , महिला बालबालिका उत्थान , ग्यास चुलो, ग्यास सलेन्डर बितरण लगायतमा विशेष जोड नगरप्रमुख रौनियारले जानकारी दिए ।

नगरसभा कार्यक्रममा नगर उपप्रमुख सलमा खातुनले नगरपालिकाको विकासमा सबै जनप्रतिनिधिहरु मिलेर अगाडि बढन आग्रह समेत गरिन । नगरपालिकाको प्रमुख प्रसाशकीय अधिकृत अशोक कोईराला जनताहरु को काम छिटो र छरितो हुने दाबी गरे । जनताहरुको कामकाजमा ढिलाई गर्ने कर्मचारीहरु लाई कार्वाही गर्ने उनले बताए । आउदो दिनमा जनप्रतिनिधिहरुको समन्वय र सहयोग भए पोखरिया नगरपालिको बिकासको गति लिने अधिकृत कोईरालाले बताए ।

नगरसभा कार्यक्रममा वडाध्यक्ष बंका राउत कुर्मी, सुरेन्द्र यादव, अजय कुमार गुप्ता, लक्षमण साह कानु, उमाकान्त साह, शियानन्द चौहान, नन्दलाल पटेल, किशोरी साह, रामबाबु चौहान, सोनालाल साह गोढ, नगरकार्यपालिकाका सदस्य, अधिकृत बिजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, आईटी अफिसर अरबिन्द दुबेदी, संदिप साह, बैजनाथ चौधरी, राजु रौनियार, कर्मचारीहरु, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो । नगरसभा कार्यक्रम पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम नगरपालिकाको सह लेखापाल मनोज तिवारीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया