ओली निकट अनेरास्वीयूले देखायो कालो झण्डा तर मुख्यमन्त्री शाहीले देखेनन

कालिकोट । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नदेख्ने गरी अनरोस्ववीयु कालिकोटका विद्यार्थीले कालो झण्डा देखाएका छन् । केपी शर्माओली निकट अनेरास्ववीयुकाले कालो झण्डा देखाएको हो । कालिकोटमा सञ्चालित रेडियो प्रदेश आवाजमा मुख्यमन्त्री रहेको आशंका गदै विद्यार्थीहरुले आशंकाकै भरमा रेडियो प्रदेश अगाडीको प्रांगणमा कालो झण्डा प्रदर्शन गरे लगतै नेपाल प्रहरी र शसत्र प्रहरी बल नेपालका सुरक्षाकर्मीले भिड नियन्त्रण गरेका थिए । यता मुख्यमन्त्री महेन्द्र बहादुर शाही र भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाही गृह जिल्ला कालिकोटमा आउँदा अनेरास्ववीयु कालिकोटले कालो झण्डा देखायो भन्ने समाचार तथ्यहिन रहेको मन्त्री कुर्मराज शाहीले बताए ।

उनका अनुसार आफुलाई कुनै थाहा नभएको तर आफ्नो नाम जोडिएकाले समाचार तथ्यहिन रहेको बताए । भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाही कृषि विकास कार्यालय कालिकोटको सभाहलमा जुम मिटिङमा थिए । मुख्यमन्त्री महेन्द्र बहादुर शाही पनि आफ्नै कार्यक्रममा व्यस्त थिए । तर आशंकाको भरमा रेडियो प्रदेश एफएम कालिकोटमा आएर केपीशर्माओली निकट विद्यार्थी संगठनले कालो झण्डा देखाएकाले रेडियो प्रदेश आवाजका अध्यक्ष रतन बहादुर कार्कीले दोषीलाई कार्वाहीको माग गरेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने आफुलाई कुन समुहले कहिले, कहाँ, कसरी विरोध गर्यो थाहा नभएको बताएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई थाहा नहुने गरी गरिएको विरोध केपी शर्माओली निकटका जिल्ला स्तरका नेताले योजनाबद्ध बनाएको युवा नेता धर्मराज शाही (पोषण) ले बताए । उनले भने, ‘आफ्ना विद्यार्थि संगठन, आफ्ना पार्टीका साइबर स्याल र आफुनिकटका पत्रकाहरुलाई योजनाबद्ध रुपमा आशंकको भरमा कालो झण्डा देखाउने तयारी गरेको तर उक्त तयारी सफल हुन सकेन ।’

एमाले माधव नेपाल पक्षीय अनेरास्ववीयुको ध्यानाकर्षण पत्र
नेकपा एमाले माधव नेपाल पक्ष अनेरास्ववीयुका विद्यार्थी नेताले ध्यानाकर्षण पत्र बुझाएका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अनेरास्ववीयुका केन्द्रीय सदस्य हिक्मतजंग मल्ल सहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

अनेरास्ववीयुका केन्द्रीय सदस्य हिक्मतजंग मल्लको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमा कालिकोटमा रहेको खानेपानीको अभाव तत्काल समाधान गर्नुपर्ने, नेपाल टेलिकमको फोरजि सेवा तत्काल सुचारु गर्नु पर्ने, पदमारा जलविद्युत आयोजना यथासिघ्र संचालनमा ल्याउनु पर्ने र लक डाउनको मौका पारी बढ्दो महंगी र कालो बजारी निरक्षण गर्नु पर्ने जस्ता माग छन । अनेरास्ववीयुका केन्द्रीय सदस्य हिक्मजंग मल्लले मागहरु पुरा गर्न विगत दुई महिना यताबाट विभिन्न कार्यक्रम मार्फत ध्यानाकर्षण गराइरेका छन् ।

प्रतिक्रिया