रोनाल्डोले तोडे जर्मनीका क्लोजको किर्तिमान !

काठमाडौं । क्रिस्टियानो रोनाल्डो विश्वकप र युरोकपमा गरि धेरै गोल गर्ने पहिलो युरोपियन खेलाडी बनेका छन् । अन्तराष्ट्रिय फुटबलमा धेरै १०९ गोल गर्ने इरानका अलि दाइको किर्तिमान बराबरी गरेका रोनाल्डोले विश्वकप र युरोकप गरि दुई मुख्य प्रतियोगितामा धेरै गोल गर्ने युरोपियन खेलाडीको किर्तिमान बनाएका छन् ।

रोनाल्डोले दुवै प्रतियोगितामा गरेर कुल २१ गोल गरेका छन् ।रोनाल्डोले जर्मनीका मिरोस्लाभ क्लोजको किर्तिमानलाई तोडेका हुन् । क्लोजले दुवै प्रतियोगितामा गरेर १९ गोल गरेका थिए ।

रोनाल्डोले यस युरोकपमा मात्र ३ खेलमा ५ गोल गरेका छन् । रोनाल्डोले युरोकपमा अहिलेसम्म पाँच पटकमा २४ खेल खेल्दै १४ गोल गरेका छन् भने विश्वकपमा ७ गोल गरेका छन् । रोनाल्डो युरोकप्मा सर्बाधिक गोल गर्ने खेलाडी पनि हुन् ।

प्रतिक्रिया