निम्बसद्वारा मास्क वितरण

काठमाडौं । निम्बसले मास्क र स्यानिटाइजर बितरण गरेको छ छ । अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थकर्मी र स्वंसेवकलाई नेपालभरि १ सय ७२ ठाउँमा ५० भन्दा बढी संगठनलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको हो । निम्बसको प्रबन्ध निर्देशक आनन्द बगरियाले भने, ‘आफ्नो ज्यानजोखिममा राखी यस महामारीविरुद्ध लड्ने सबै जनाप्रति कृतज्ञ छौं । हामी सबै मिलेमा मात्र विश्वभरि चुनौती बनेको यस महामारीलाई हराउन सक्नेछौं । हामी विभिन्न संस्था र सरकारसँग सहकार्य गरेर सहायता नपाएकालाई सहयोग गर्न चाहन्छौं ।’

उच्च गुणस्तरको प्रोटेक्टिभ मास्क र विश्व स्वास्थ संगठनको मापदण्डअनुसारको ७६ प्रतिशत इथानोल युक्त स्यानिटाइजर उत्पादन गर्ने प्रो टेक्ट निम्बसको स्वास्थ सामग्री उत्पादन गर्ने अंग हो । निम्बसको यस स्वास्थ्य सामग्री बाँढ्ने कार्यलाई विभिन्न प्रतिष्ठित संस्थाजस्तै नेपाल प्रहरी, नेपाल उद्योग वाणिज्य महासंघ, पत्रकार महासंघ, माइती नेपाल, नेपाल मेडिकल संघ आदिले प्रशंसा गरेको छ ।

प्रतिक्रिया