महालक्ष्मी विकास बैंकको ‘मिस्ड कल’ सेवा

काठमाडौ । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी मिस्ड कल’ सेवा सञ्चालनमा ल्याएको छ । कोभिड १९ को महामारीको जोखिमलाई न्यूनीकरण गर्ने हेतुले आफ्ना ग्राहकलाई घरमै बसी आधुनिक बैंकिग सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंकबीचको सम्बन्धलाई सहज बनाउने उद्देश्यले सो सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको हो ।

बैंकले सञ्चालनमा ल्याएको यस सेवामा ग्राहकले कुनै पनि बैकिग सेवा, बैंकको शाखाको बारेमा जानकारी तथा बैंकको बचत तथा कर्जा सम्बन्धि कुनै पनि जानकारी आवश्यक परेमा ‘मिस्ड कल’ गर्न सक्नेछन । त्यसपछि बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी जानकारी उपलब्ध गराउने पनि विज्ञप्तिमा उल्लेख छ ।

यस सेवामा ग्राहकलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिगको प्रयोग बिधि तथा त्यसको उपयोगीताको बारेमा पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो जानकारी लिई उचित समाधान गर्नेछन । बैंकले यस विषम परिस्थितिमा सबै ग्राहकलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू बँच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया