दिगो विकास लक्ष्यमा अपांगताको सवाल

अर्घाखाँची । राष्ट्रिय अपांग महासंघ नेपालको आयोजना तथा सिर्जनशील अपांगता सरोकार केन्द्रको सहआयोजनामा एकदिने दिगो विकास लक्ष्यमा अपांगताको सवाल विषयका विचार गोष्ठी सन्धीखर्कमा सम्पन्न भएको छ । नेपालमा कानुन तथा राज्यले अपांगका क्षेत्रमा केही अधिकारहरू दिए पनि प्रर्याप्त नभएको महासंघका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माले बताए । उनले भने, ‘हामी विभिन्न किसिमका अपांग देशभर ३० हजार छौँ, राज्यले अपांगमैत्री पहुँचयुक्त वातावरण निर्माण गरिदिनु प¥यो, १० प्रकारका अपांगहरूका अनेक खालका समस्या छन्, केही काम भए पनि धेरै काम गर्न बाँकी छ ।’

देशमै अर्घाखाँची कपिलबस्तु र बर्दियामा काम गर्न निकै समस्या छ, लामो समयपछि अहिले महासंघको पहलमा देशका सातै प्रदेशमा अपांगता पुनः स्थापना केन्द्र सञ्चालन हुन लागेको अध्यक्ष शर्माले बताए । समाजमा अझै पनि अपांगमाथि विभिन्न खालका शारीरिक, मानसिक आर्थिक तथा यौनजन्य यातना हुने गरेको महासंघका केन्द्रीय महासचिव राजु बस्नेतले बताए । उनले भने, ‘अपांगलाई पहुँचयुक्त वातावरण छैन, भौतिक संरचना, सुनुवाई सूचना, तथा विभिन्न क्षेत्रमा कमजोर पहुँच छ । क्षमता विकास, पैरवी, समन्वय तथा सहजीकरणजस्ता क्षेत्रहरूमा महासंघले काम गर्दै आएको महासचिवले बताए ।

भूमिकास्थान नगरपालिका घर बताउने सीता केसीले भनिन्, ‘हामी अपांगहरूका समस्याप्रति सरकारले त्यति ध्यान दिएको, बल्ल हाम्रा अधिकारहरूको बारेमा बुभ्mदै छाँै, अझै हामी सबै अपांग एक भएर लाग्नुपर्नेछ ।’ अपांगका समस्याप्रति आपूmहरू जिम्मेवार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजन शर्माले बताए । उनले भने, ‘अपांगता भएका केही प्रतिनिधिमूलक हिंसाका घटनामा म नजिकबाट काम गरेको अनुभव छ, तर पीडकले कानुनीअनुसार कारबाही भोगिरहेको छ, तर पीडितलाई घटनापछि उत्पन्न हुने सामाजिक समस्याप्रति महासंघ तथा सबै पक्ष जिम्मेवार, सशक्त हुन जरुरी छ ।’

कार्यक्रममा जिल्ला शिक्षा समन्वय अधिकारी मनिराम पराजुली, घरेलु तथा साना उद्योग कार्यालय प्रमुख केशव सुनार, सन्धिखर्क नगररपालिका नगरसभा सदस्य लक्ष्मण पराजुली, बार एसोसिएसनका जिल्ला उपाध्यक्ष पवित्रा भट्टराई, पत्रकार महासंघका जिल्ला सहसचिव हृदय भुसाल, नागरिक समाजका बसन्त श्रेष्ठ, महिला अधिकारकर्मी सुशीला गैरे लगायतले अपांगतापूर्ण वातावरण निर्माण हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रम राष्ट्रिय अपांग महासंघका केन्द्रीय अध्यक्ष मित्रलाल शर्माको प्रमुख आतिथ्यता सिर्जनशील अपांगता सरोकार केन्द्रका अध्यक्ष फर्सुराम पाण्डेको अध्यक्षता, लुम्बिनी प्रदेश कार्यक्रम संयोजक गोमा पन्थीको सञ्चालन तथा, अपांग महासंघका प्रदेश सदस्य कमला परियारको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया