पहिरोले घर पुरिएर रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु

रोल्पा । अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका–९ लिउनमा तीन जनाको मृत्यु भएको छ छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरामा पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी तीनजना घाइते भएका छन् ।

पहिरोले घर पुरिँदा रोल्पा–९ लिउनका ४६ वर्षीया प्रतिमा बुढा, १८ वर्षीया सुशिला बुढा र १६ वर्षीया श्यामकला बुढाको मृत्यु भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

घटनामा परी ४० वर्षीय टीकासिंह बुढा, ४५ वर्षीया सुनमाया बुढा र ९ वर्षीय शक्तिमान बुढा घाइते अवस्था रहेको सुवेदीले बताए । ‘घाइतेमध्ये सुनमाया र शक्तिमानको अवस्था सामान्य छ’, सुवेदीले भने ।

प्रतिक्रिया