क्रोएसिया युरोकपको नकआउटमा

काठमाडौं । क्रोएसिया युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा बुधबार बिहान स्कटल्याण्डलाई  ३-१  गोलले हराउँदै क्रोएसिया समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।

क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक एक गोल गरे । स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए । जितसँगै समूह ‘डी’ को क्रोएसियाले ३ खेलमा ४ अंक जोड्यो । स्कटल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया