मुद्दती बचतमा ग्लोबल आइएमईको ८ प्रतिशत ब्याज

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको मुद्दती बचत खातामा बचत गर्दा उच्चतम् ८ दशमलब शुन्य १ प्रतिशतसम्म ब्याज पाइने भएको छ । असार १ देखि लागू हुने गरी प्रकाशित बैंकको नयाँ ब्याजदरअनुसार बैंकले एक वर्ष वा सोभन्दा माथि मुद्दती बचत खातामा ग्राहकहरुलाई वार्षिक ८ दशलमव शुन्य १ प्रतिशतसम्म ब्याजदर उपलब्ध गराउने जनाएको हो । साथै, मुद्दती खाता ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिग र ईन्टरनेट बैंकिग प्रयोग गरी सुरक्षित रही घरबाट नै खोल्न समेत सकिनेछ । बैंकले आफ्ना ग्राहकहरूलाई निक्षेपमा उच्चतम् प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २७३ शाखा, २४७ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिँदै बैंकले २४ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया