दार्चुलामा पाइपमा अड्किएर दुई जनाको मृत्यु

दार्चुला । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ बङ्गाबगड स्थित लास्कु खोलामा रहेको होमपाइपमा अडकिएर दुई जना किशोरको मृत्यु भएको छ । मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा खोलाले बगाउदा होम पाइमामा अड्किएर मृत्यु भएको हो ।

मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल खलंगा बस्दै आएका १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका ४ ब्रह्मदेव घर भई खलंगामा बस्दै आएका १२ वर्षीय रमित कुवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहर भट्टले जानकारी दिए । मृतक दुबैको सब स्काइभेटर प्रयोग गरेर निकालेको थियो ।

प्रतिक्रिया