चे फोर्स नेपालको पोलिटब्युरो तथा पश्चिम बिग्रेडियर कमान्डरमा हिक्मतजंग मल्ल

सुर्खेत । कर्णाली प्रदेशका क्रान्तिकारी योद्धा हिक्मतजंग मल्ल चे फोर्स नेपालको संस्थापक पोलिटब्युरो कमान्डर तथा पश्चिम कर्णाली प्रदेशका बिग्रेडियर कमान्डरमा नियुक्ति भएका छन । च्ये ग्वभाराको जन्मदिनको अवसर पारेर ‘चे फोर्स नेपाल’ स्थापना भएको हो । विगत लामो समयदेखि चे ग्वेभाराको नाममा बहस तथा समाजिक कार्यहरू गर्दै आएको युवाहरूको समूहले समुदाय स्तरमा सामाजिक कार्य गरेर दुखमा परेकालाई न्याय दिई सम्बन्धित निकाय संग बहस तथा पैरबी जस्ता कार्य गर्दै अग्रसरता देखाएको छ ।

युवा वर्गलाई लक्षित गरि स्थापना गरिएको उक्त फोर्स विगत ३ बर्षदेखि विभिन्न अनुसन्धानमा केन्द्रित रहेको कर्णाली प्रदेश का क्रान्तिकारी योद्धा हिक्मत जंग मल्लले बताएका छन् । मल्लका अनुसार युवा माझ देखिएको राजनीति प्रतिको नैराश्यताको अन्त्य र युवालाई नै राजनीतिमा प्रत्यक्ष संलग्नताका निम्ति आह्वान गर्न विभिन्न कार्यक्रम गरि युवा जागरुक बनाउने बताएका हुन । चे फोर्स नेपालले अपनाउने सिद्धान्त मुख्यतः नेपाली माटो सुहाउँदो प्रजातन्त्र र चे ग्वेभाराको सिद्धान्तको नेपाली संस्करण हुने फोर्सले जनाएको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया