आयो हुन्डाइ प्यालिसेड कार

काठमाडौ । हुन्डाइ गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी प्यालिसेडको कार नेपाल भित्रयाएको छ । प्यालिसेड सात सिट भएको प्रिमियम एसयूभी हो । कम्पनीका अनुसार यो कार छिट्टै आधिकारिक रूपमा सार्वजनिक हुनेछ । कार कोरियामा उत्पादन भएको हो । नेपाली बजारमा प्यालिसेड डिजल इन्जिन अप्सनमा आउने छ ।

जसले दुई सय पीएस पावर तथा एक हजार सात सय ५० तथा दुई हजार सात सय ५० आरपिमटर्क उत्पादन गर्ने पनि हुन्डाईले जनाएको छ ।
उक्त एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समीसनमा उपलब्ध रहेको छ । नेपाली बजारमा यस्को सुरुआती मूल्य दुई करोड रुपैयाँ पर्ने आकलन गरिएको छ ।

प्रतिक्रिया