नबिल बैकको कोर प्रणालीको स्तरोन्नति

काठमाडौं । नबिल बैंकले कोर बैंकिङ प्रणाली (सीबीएस) स्तरोन्नतिको कार्य पुरा गरेको छ । बैंकले गत शुक्रबार देखी सीबीएस स्तरोन्नतिको काम सुरु गरेको थियो । वित्तीय कारोबारका लागि बैंकले दिने इन्टरनेट, मोबाइल बैंकिङ, शाखा, एटीएम लगायतका सबै बैंकिङ सेवाका कामहरु उक्त अवधिमा रोकेको थियो । सिस्टम अपग्रेडिङको काम पूरा भएकाले सोमबारबाट भने बैंकले सबै सेवाहरु पूर्ववत सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रतिक्रिया