ओटिटीमा ‘तुफान’

मुम्बई । बलिउड अभिनेता फरहान अख्तरको स्पोर्टस् ड्रामा चलचित्र ‘तूफान’ ओटिटी प्लेटफार्म अमेजन प्राइमबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको नयाँ प्रदर्शन मिति सार्वजनिक गर्दै अख्तरले सामाजिक सञ्जालमार्फत चलचित्रको एक पोस्टर सेयर गरेका छन् । उनले यसबारे जानकारी दिँदै पोस्टरको क्याप्सनमा लेखेका छन्, ‘नम्रता, प्रेम र देशका सुन्दर जनताप्रति समर्पण गर्दै हाम्रो चलचित्र ‘तूफान’ १६ जुलाईमा ओटिटी प्लेटफार्म अमेजन प्राइम भिडियोबाट रिलिज हुनेछ ।’ यसअघि यो चलचित्र २१ मेमा डिजिटल माध्यमद्वारा प्रदर्शन गरिने मिति तय भएको थियो तर कोराना महामारीका कारण स्थगन भएको थियो ।

राकेश ओमप्रकाश मेहराको निर्देशनमा बनेको यो चलचित्रमा अभिनेता अख्तर एक बक्सरको भूमिकामा देखिँदैछन् । चलचित्रमा उनीसँगै मृणाल ठाकुर, परेश रावल, विजय राज, मोहन अगाशे, हुसैन दलाल र दर्शन कुमार लगायतका कलाकारको प्रमुख भूमिका छ । परेश चलचित्रमा फरहानको बक्सिङ कोचका रुपमा देखिएका छन् ।

प्रतिक्रिया