बजेट वक्तव्यको आन्तरिक पर्यटन नीति कति अदूरदर्शी ?

निनाम कुलुङ ‘मंगले’

सरकारले १० दिने काजबिदाको नीति ल्याएको आन्तरिक पर्यटन प्रवर्धनका लागि हो भने शिक्षकलाई कुनै पनि हालतमा छुटाउनु हुँदैनथ्यो । किनकी कर्मचारीहरूले आन्तरिक भ्रमण गर्दा ती ठाउँहरूको जानकारी र प्रचारप्रसार उनका परिवारमा मात्रै सीमित रहन्छ, तर शिक्षकले आन्तरिक पर्यटक बनेर जुनजुन ठाउँको भ्रमण गर्छन् ती ती ठाउँहरूका विषयमा आफ्ना विद्यार्थीलाई अवश्य पनि जानकारी गराउँछन् । विद्यार्थीहरूले शिक्षकबाट पाएको त्यो जानकारी आफ्ना अभिभावकसम्म पुर्याउँछन् ।

संयुक्त राष्ट्र संघ मातहतको ‘विश्व पर्यटन संगठन अर्थात् वल्र्ड टुरिज्म अर्गनाइजेसन (डब्लुटिओ)’ ले हालै प्रकाशित गरेको सन् २०२१ को प्रतिवेदनबाट लेख प्रारम्भ गरिएको छ । सन् २०२१ को पहिलो तीन महिना (फस्र्ट क्वार्टर) मा विश्वमा कति पर्यटकहरूले भ्रमण गरे ? भन्ने तथ्यांक प्रतिवेदनमा प्रकाशित छ । सो तथ्यांकअनुसार सन् २०२० को जनवरी, फेब्रुअरी र मार्च महिना (फस्र्ट क्वार्टर) को तुलनामा सन् २०२१ को पहिलो तीन महिनाको जनवरी, फेब्रुअरी र मार्च महिनामा विश्व भ्रमण गर्ने पर्यटकको संख्या ८३ प्रतिशतले कम छ । डब्लुटिओले प्रकाशित गरेको उक्त तथ्यांकअनुसार सन् २०२१ को पहिलो तीन महिनामा १ सय ८० मिलियन अर्थात् १८ करोड मानिसहरू ‘पर्यटकको रूपमा विश्वका विभिन्न देश भ्रमण गर्न निस्केका छन् ।

विश्वको बाह्य पर्यटनमा यस्तो स्थिति रहेको भएता पनि चीन, रुस, अष्ट्रिया, अमेरिका ब्राजिल, थाइल्यान्ड, इटली आदि देशहरूले आप्mना देशका नागरिकहरूलाई आन्तरिक पर्यटनका लागि प्रोत्साहित गरेका छन् । उनीहरूले, आप्mनै देशभित्रका ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थानहरू, डाँडो, किल्ला (फोर्ट), अनेक सम्पदा रहेका ठाउँहरू, प्राचीन महत्व बोकेका स्थल तथा स्मारक लगायतमा घुमफिर गर्न प्रोत्साहन गरेका छन् ।

हाम्रो देशमा पनि आन्तरिक पर्यटनलाई प्रवद्र्घन गर्न आर्थिक वर्ष ०७८/७९ को बजेट भाषणमा ‘सरकारी कर्मचारीलाई १० दिनको तलब काजमा दिएर आन्तरिक पर्यटन वृद्घि गर्ने व्यवस्था मिलाइनेछ’ भनिएको छ । तर नेपाल सरकारका निजामति कर्मचारी मात्रै नभएर जंगी, संस्थान, निगम, शैक्षिक संस्था, कूटनीतिक नियोग, दातृ निकाय, आइएनजिओ, एनजिओ, निजी कम्पनी उद्योग, कल–कारखाना, व्यापारिक घराना आदिमा काम गर्नेहरू सबैलाई आन्तरिक पर्यटकको रूपमा भ्रमण गर्न प्रोत्साहन गर्नुपर्छ ।

बजेट वक्तव्य लेख्ने निजामति कर्मचारीहरूले हो । उनीहरूले आफ्नै हात जगन्नाथ गर्दै सुरक्षा निकाय तथा शैक्षिक क्षेत्रका राष्ट्रसेवकहरूको नाम छुटाएका हुन् । बजेट वक्तव्य लेखनमा संलग्न कर्मचारीहरूको यो हर्कतलाई अर्थमन्त्रीले समयमै पत्ता लगाउनु पथ्र्यो । तर, उनले पनि ध्यान दिन सकेनन् । १० दिनको भ्रमण काज बिदाको सुविधामा शिक्षक तथा सेना प्रहरीलाई किन छुटाइयो ? भन्ने प्रश्न धेरै नै पेचिलो छ ।

निजामति कर्मचारीलाई बढी सुविधा र शिक्षक तथा सुरक्षा निकायमा काम गर्नेहरूलाई कम सुविधा दिने कुरा कल्पना पनि गर्नु हुन्न । निजामति कर्मचारीहरूलाई दिनको ८ घण्टा काम गरे पुग्छ, तर सेना तथा प्रहरी संगठनमा कार्यरत कर्मचारीहरूले ज्यान हत्केलामा राखेर २४ सै घण्टा खट्नु्पर्ने हुन्छ । अझ प्राकृतिक विपत् पर्दा सबैभन्दा बढी खट्नुपर्ने भनेको सेना र प्रहरीलाई नै हो । ०७२ सालको भूकम्पका बेलाको अवस्था मनन् गरौँ, विगत दुई वर्षदेखि आइपरेको कोरोना महामारीको अवस्थालाई हेरौँ, अस्ति भर्खरै आएको बाढीपहिरोको अवस्थालाई हेरौँ । राहत र उद्धारका लागि आफ्नो ज्यान हत्केलामा राखेर अहोरात्र खटिने सेना तथा प्रहरीहरू नै थिए । यसरी खटिनेहरूलाई निजामति कर्मचारीहरूको भन्दा कम सेवा सुविधा दिनु अपराध हो कि होइन ? यस्तो गर्दा पाप लाग्छ कि लाग्दैन ? सरकारमा रहनेहरूले छातीमा हात राखेर सोचून् ।

सरकारले १० दिने काजबिदाको नीति ल्याएको आन्तरिक पर्यटन प्रवर्धनका लागि हो भने शिक्षकलाई कुनै पनि हालतमा छुटाउनु हुँदैनथ्यो । किनकी कर्मचारीहरूले आन्तरिक भ्रमण गर्दा ती ठाउँहरूको जानकारी र प्रचारप्रसार उनका परिवारमा मात्रै सीमित रहन्छ, तर शिक्षकले आन्तरिक पर्यटक बनेर जुनजुन ठाउँको भ्रमण गर्छन् ती ती ठाउँहरूका विषयमा आफ्ना विद्यार्थीलाई अवश्य पनि जानकारी गराउँछन् । विद्यार्थीहरूले शिक्षकबाट पाएको त्यो जानकारी आफ्ना अभिभावकसम्म पु¥याउँछन् । अझ प्राध्यापकहरूले थप अनुसन्धान गर्ने मौका पाउँछन् ।

सरकारको नीति निर्माण तहमा काम गर्ने कर्मचारीहरूले ‘मौका पाएको बेला मोजमस्ती गरिहालौँ’ भन्नका लागि यो कार्यक्रम यदि ल्याएका होइनन् र साँच्चै आन्तिरिक पर्यटन प्रवर्धनका लागि नै यो कार्यक्रम ल्याइएको हो भने शैक्षिक भ्रमणका लागि सरकारी विद्यालयहरूलाई वार्षिक निश्चित बजेट छुट्याउनु पर्छ ।

नेपालका सरकारी कर्मचारीहरूले सरकारको सो सहुलियत र सेवा सुविधालाई दुरुपयोग नगरुन् भन्नाका लागि उनीहरू जुन क्षेत्रमा जान्छन्, सो क्षेत्रको फोटो, भिडियो, होटल वा लजमा बसेको र खाएको बिल पनि पेस गर्नुपर्ने वाध्यतामक व्यवस्था गर्नुपर्छ । अन्यथा देशको कुनै ठाउँमा घुम्न जाने भनेर ससुराली घर, मामा घर, आफन्तको घर, नातागोताको घर घुम्न जाने र गर्लफ्रेन्ड÷ब्याईपे्रmन्डडसँग घुम्न जाने घुमाउन जाने गरेर दुरुपयोग गर्न बेर छैन !

त्यसो त नेपाल पर्वतीय पर्यटनमा पनि विश्वभरि नै प्रसिद्घ रहेको छ । हुन पनि हिमालय पर्वतमालाको २४ सय किलोमिटरमध्ये लगभग १६ सय किलोमिटर नेपाल सरहदभित्रै पर्छ । हाम्रो देश नेपालभित्रै विश्वका आठ हजार मिटर अग्ला हिमाल जो १४ वटा छन्, सौभाग्यले गर्दा ती मध्ये आठ वटा त नेपालमै रहेका छन् । त्यसैले त नेपालमा पनि कोरोना महामारीको दोस्रो लहरले ‘त्राहीमाम, त्राहीमाम !’ बनाइरहेको यो समयमा पनि यो वर्षको वसन्त ऋतु अर्थात् वसन्त याममा नेपाल सरकारले सगरमाथाका साथै नेपालका अन्य हिमालबाट पनि विभिन्न देशका पर्वतारोहीहरूलाई नेपालका हिमालहरू आरोहण गर्न अनुमति दिएवापत लिने गरेको सलामी दस्तुरबाट मात्रै लगभग ७२ करोड नेपाली रुपैयाँ बराबरको आम्दानी गरेको छ । त्यसरी पर्वतारोहणबाट हुने आम्दानीमा ८८ प्रतिशतदेखि ९० प्रतिशतभन्दा बढी आम्दानी सगरमाथा हिमालबाट हुने गरेको छ ।

जस्तो यो वर्षको वसन्त याममा समग्र पर्वतारोहण क्षेत्रबाट सरकारले गरेको आम्दानी (पर्वतारोहीहरूलाई हिमाल आरोहण गर्न दिने अनुमतिपत्र जारी गरेबापत लिने रोयल्टी मात्रै) जुन ७२ करोड नेपाली रुपैयाँ चानचुन छ, सो मध्ये ६६ करोड ७१ लाख रुपैयाँ त सगरमाथा एउटै हिमालबाट कमाइ भएको छ । यसरी हेर्दा नेपालमा यो वर्षको वसन्त याममा नेपालका विभिन्न २० वटा हिमाल आरोहणका लागि विभिन्न देशका ८५ वटा आरोहण दलका ७ सय ४२ जना सदस्यहरू हिमाल आरोहणका लागि नेपाल सरकारबाट परमिट अर्थात् अनुमतिपत्र लिएका थिए÷छन् । तर, दुःखको कुरो, जतिवेला पर्वतारोहीहरू नेपालको विभिन्न हिमाल आरोहणका लागि जाँदै थिए, त्यो वेला नेपालको सहरबजार (काठमाडाैं लगायत) मा कोरोना कहरको दोस्रो लहर चलिरहेको थियो । अहिले दोस्रो लहर चलेर पनि मत्थर होला कि भन्ने अवस्थामा छौँ, हामी ।

उता यही वर्ष सगरमाथाको आधार शिविरमा इतिहासकै (सन् २०१९ मा भन्दा बढी, सन् २०१९ मा ३ सय ८२ जनाले सगरमाथा चढ्नका लागि अनुमति लिएका थिए) धेरै ४ सय ८ जना पर्वतारोहीहरूले सगरमाथा सफलतापूर्वक चढ्नका लागि अनुमति लिएर व्यग्रताका साथ प्रतिक्षारत थिए÷छन् । तर, जुन महिनाको पनि १२÷१३ तारिख भई सकेकोले हुनाले यो वर्षको सिजनमा सगरमाथालगायत अन्य हिमाल आरोहण गर्न चाहनेहरूले पर्वतारोहीहरूले अपेक्षित सफलता भने पाउने छैनन् ।

प्रतिक्रिया