‘टालो’ मा छाउपडीको व्यथा

काठमाडौं । रीम विश्वकर्माको कथा रहेको छाउपडीको विषयमा आधारित चलचित्र ‘टालो’ निर्माण भएको छ । सुदूरपश्चिमका पहाडी भेगमा प्रचलित कुप्रथाका रुपमा रहेको छाउपडीलाई आधार बनाइएको यस चलचित्रको  पटकथा, निर्देशन तथा सम्पादन दीपक श्रेष्ठको रहेको छ । छाउपडी उन्मुलनमा सहयोग पुगोस् भन्ने अभिप्रायले चलचित्र बनाइएको निर्माता समेत रहेका कलाकार रीम विश्वकर्माले बताए । उनले नेपाली समाजमा विकृतिको रुपमा रहेको कुप्रथाविरुद्ध जागरण ल्याउन चलचित्रले भूमिका खेल्नेमा आफू विश्वस्त भएको सुनाए । उनले भने, ‘चलचित्रले छाउपडी जस्तो कुप्रथाले समाजमा निम्त्याएको सामाजिक तथा सांस्कृतिक समस्या र नारीविरुद्धको शोषणलाई देखाउने कोशिस गरेको छ ।’

चलचित्रमा रीम विश्वकर्मा, अञ्जली खड्का, प्रेमदेव गिरी, सुशिला सिं, सुशिला सिं, सुशिला सिंजापति, उदय बिके, एलिशा बादी, गगन बिके, सम्झना बादी, भुपेश सोनी, खगेन्द्र केपी लगायतको कलाकारको अभिनय छ । निहारिका फिल्म प्रालिको ब्यानरमा बनेको यो चलचित्रमा खगेन्द्र हिमालको नृत्य निर्देशन रहेको छ । योगेश शाक्यको छायांकन, नरेश पाण्डे संगीत रहेको ‘टालो’ मा उत्तम रिमालको द्वन्द्व रहेको छ । यो चलचित्र केही दिनअघि युट्युबबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया