गजुरेल ‘सिरिजंगाको छोरो’

ताप्लेजुङ । हास्य कलाकार मनोज गजुरेल ‘सिरिजङगाको छोरो’ घोषित भएका छन् । ताप्लेजुङको मामाङखेमा जन्मिएका कलाकार गजुरेललाई सोही क्षेत्रको समग्र पर्यटन प्रवद्र्धनका लागि भन्दै ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले पर्यटन सद्भावना दूत सिरिजंगाको छोरो घोषणा गरेको हो ।

पालिकाको नवौं सभाले गजुरेललाई सिरिजङगाको छोरो उपमाले परिभाषित गरेको पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिएका छन् । सो अवसरमा पूर्व मन्त्री भट्टराईले कलाकार गजुरेललाई बधाई ज्ञापन गर्नुका साथै शुभकामना समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया