माछापुच्छ्रेको कार्डबाट पेमेन्ट गर्दा १५ प्रतिशत छुट

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले अनलाइन बजार दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । अनलाइन बजार दराजले माछापुच्छे बैंकसँग साझेदारी गरि बैंकका कार्ड मार्फत पेमेन्ट गरे बापत ग्राहकले १५ प्रतिशत वा अधिकतम ५ सय रुपैयाँ सम्मको छुट पाउने भएका हुन् ।

बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले असार ३ देखि दराजमा सामान खरिद गरि कार्ड मार्फत पेमेन्ट गरे बापत १५ प्रतिशत सम्मको छुट पाउन सक्नेछन् । बैंकका कार्ड प्रयोगकर्ताले हरेक बिहिबार दराज एप मार्फत यो छुट प्राप्त गर्न सक्नेछन् । छुट उपभोग गर्नको लागी आफ्नो कार्डमा इकमर्श एक्टिभेट गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसपछि ग्राहकले बैंकको क्रेडिट कार्डको लागि पनि आवेदन दिन सक्ने र क्रेडिट कार्ड भुक्तानमा अधिक छुट पाउन सक्नेछन् । बैंकले दराजसंगको साझेदारीमा शून्य प्रतिशत ईएमआई सुविधा पनि ल्याएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया