नगर परिषदमा योजनहरु संलग्न गरिदिन ज्ञापनपत्र

सर्लाही । सर्लाहीको सदरमुकाम समेत रहेको मलंगवा नगरपालिकाको वडा नं. २ को पुर्व र दक्षिणतर्फ अवस्थित रहेको शान्तीटोलका स्थानीय बासिन्दाहरुले नगर परिषदमा टोल विकास एवं टोल सुधारका लागि आवश्यक रहेका योजनाहरु संलग्न गरिदिनका लागि शुक्रवार ज्ञापनपत्र बुझाएका छन् । स्थानीयले नगर प्रमुख निरसल साह र वडा नं. २ का वडा अध्यक्ष राम उजैन रायलाई ज्ञापनपत्र बुझाएका हुन ।

टोलका स्थानीयहरु द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा टोलमा नालासहितको सडक ढलान, निर्माण भइसकेको नाला र बाटोको उचित निकास, सोलार बत्ती जडान, सार्वजनिक धारा, हातेकल र सार्वजनिक शौचालय निर्माण लगायतका बिकास निर्माणका कार्यको योजनाहरुलाई प्राथमिकतामा राखेर सोको बजेट समेत विनियोजन गरिदिन नगर प्रमुख साह र वडा अध्यक्ष रायलाई ज्ञापनपत्र बुझाइएको टोल सुधार समितिका सह संयोजक धिरेन्द्र मिश्रले जानकारी गराएका छन् । मलङ्ग्वा नगरपालिकाले आर्थिक वर्ष २०७८-०७९ को नगर परिषद असार १० गते बिहीबारका दिन हुने बताएको छ ।

प्रतिक्रिया