मेलम्चीमा बाढी आउनुको कारण खुल्याे, हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरो

काठमाडौं । हेलम्बु गाउँपालिकाले मेलम्ची नदीमा बाढी आउनुको कारण जानकारी गराएको छ । शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले असार १ गते साँझ साढे ७ बजे मेलम्ची नदीमा आकस्मिक बाढी आउनुको कारण जानकारी गराएकाे हाे । गाउँपालिकाले वडा नम्बर १ स्थित सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण बाढी आएकाे जनाएको हाे ।

विज्ञ डा.रविनराज निरौलालाई उद्धृत गर्दै गाउँपालिकाले चौरको २५ प्रतिशत भाग पहिरो गएकाले आकस्मिक बाढी आएको निष्कर्ष निकालेको छ । सूचनामा चौरको ७५ प्रतिशत मध्ये कति भागमा पहिरो जानसक्ने एकिन नभएकाे जानकारी दिँदै थप बाढी आउनसक्ने भएकाले उच्च सावधानी अपनाउनसमेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया