खेल-खेलाडी

अर्जेन्टिनाले उरुग्वेलाई हरायो

सौर्य अनलाइन २०७८ असार ५ गते ८:३४ मा प्रकाशित

काठमाडौं । ब्राजिलमा भइरहेको कोपा अमेरिका अन्तर्गत समूह ए को खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले पराजित गरेको छ । गुइडो रोड्रिगेजले पहिलो हाफमा गरेको गोल नै अर्जेन्टिनालाई ३ अंक दिलाउन निर्णायक बन्यो । ब्रासिलियास्थित स्टाडिओ नासिओनालमा शनिबार बिहान भएको खेलमा रोड्रिगेजले कप्तान लिओनल मेस्सीको क्रसमा गोल गरेका थिए ।

४७औं संस्करणको कोपा अमेरिकामा अर्जेन्टिनाको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा अर्जेन्टिनाले चिलीसँग २-२ को बराबरी खेलेको थियो । उरुग्वेलाई हराएपछि अर्जेन्टिनाले २ खेलबाट ४ अंक जोडेको छ ।

यस्तै शनिबार बिहानै भएको अर्को खेलमा चिलीले बोलिभियालाई १-० ले नै पराजित गरेको छ । एरेना पान्तानालमा भएको खलमा चिलीका लागि खेलको १०औं मिनेटमा बेन ब्रेरेटनले निर्णायक गोल गरे । उनले एडुवार्डो भर्षासको पासमा गोल गरे । जितपछि चिलीले २ खेलबाट ४ अंक नै जोडेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय