खोजखबर

नेपालको कुख्यात अपराधी आरके यादव नयाँदिल्लीबाट पक्राउ

आलोक यादव २०७८ असार ४ गते २१:२० मा प्रकाशित

लहान । प्रदेश–२ प्रहरीको सक्रियताले नेपालको कुख्यात अपराधी नयाँदिल्लीबाट पक्राउ परेका छन् । पक्राउ परेका आरके यादवलाई नेपाललगायत भारतमा हत्या, डकैतीजस्ता दर्जनौँ गम्भीर घटनाहरू दर्ता छन् । धेरै वर्षदेखि नेपाल प्रहरीले यादवलाई पक्रन खोजिरहेको थियो तर एक दशकपछि प्रदेश–२ प्रहरी र सुपौल पुलिसले यो सफलता पाएको छ । सिरहाको झिजोल गाउँका निवासी सामोननाथ यादवलाई आरके यादव र उमेश यादवले वरियापट्टी गाउँबाट अपहरण गरेका थिए । त्यसपछि उनको परिवारका सदस्यबाट एक करोडको फिरौतीको माग गरिएको थियो । यसैबीच, नेपाल प्रहरीले अपहरण गरेको सोमनाथलाई भारतको सुपौल जिल्लामा कतै अपहरणकारीहरूले लुकाएर राखेको जानकारी पाए । इन्टरपोल नयाँदिल्लीले जारी गरेको रेड कार्नर सूचनापछि सुपौल एसपी मनोज कुमारलाई यसबारे पूर्ण जानकारी दिइयो ।

यसैक्रममा सोमनाथ यादवको अपहरण गरी शरीर बन्धक बनाई वेपता बनाएको कसुरमा भारतीय प्रहरीसँग २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) धीरजप्रताप सिंहले समन्वय गरी यादवको अपहरणमा संलग्न भारतीय नागरिक उमेश यादवलाई प्रदेश–२ प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिराहामा अनुसन्धान भइरहेको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख डिआइजी सिंहले  रामकुमार यादवलाई पक्रन सुपौल पुलिसको सहयोग लिएका थिए । त्यसपछि एसपी मनोज कुमारले डिएसपी रामानन्द सिंह कौशलको नेतृत्वमा एसआइटी गठन गरे र आपैmँले अनुगमन गर्न थाले । यसैबीच एसआइटीले अपहरणपछि सोमनाथ यादवलाई सुपौल र मधुबनी जिल्लाको केही ठाउँमा राखिएको र हरेक दिन बसोवासको ठाउँ बदल्ने गरेको सूचना प्राप्त भयो । यसैक्रमा पुलिसलाई उमेश यादवको घर निर्मलीको महुआ गाउँमा राखिएका सूचना प्राप्त भयो । अपहरणकारीका बाबु हरिनारायण यादवको बयानमा निर्मली प्रहरी चौकीमा पनि मुद्दा दर्ता भएको छ । यस अपहरणमा संलग्न मधुबनी जिल्ला निवासी सतीश यादव पक्राउ परेका थिए । यस घटनामा पक्राउ परेका सतीश यादवसँग प्रहरीले सोधपुछमा हत्याको स्वीकार गर्दै सोमनाथको हत्या गरेपछि उनको लास कोसी नदीमा फ्याँकिएको बताए । त्यसपछि पुलिसले गोताखोरको सहयोगमा ठाउँ खोज्यो, तर कोसी नदीमा पानीको कारण शरीर भेटिएन ।

त्यसपछि पुलिसले अनुसन्धान जारी राखी अपहरणको मोबाइल आरके यादवको ससुरालबाट बरामद गरेको थियो । त्यसपछि सिरहाको गोठटोलमा रहेको आरके यादवको घरमा प्रहरीले छापा मा¥यो तर यादव फेला परेनन् । त्यसै क्रममा सुपौल र प्रदेश–२ प्रहरीले आरके यादवको खोजी गर्दै थिए, तब आरके यादव नयाँदिल्लीमा भएको सूचना पाउने बित्तिकै सुपौल पुलिस र प्रदेश–२ प्रहरीको संयुक्त टोलीले उनलाई नयाँदिल्लीबाट पक्राउ गरी सुपौलमा ल्यायो ।

अपराधी आरके यादव पक्राउ नेपालको लागि मात्र नभई इन्टरपोल र धेरै ठूला संस्थाहरूका लागि ठूलो सफलता हो । त्यसमाथि नेपाल र भारतमा दर्जनौँ हत्या, अपहरण, डकैती, बम बिष्फोटनका घटनाहरू दर्ता भएका छन् । एसपी मनोज कुमारले पक्राउ परेका आरोपीलाई जेल पठाउने कि नेपाल प्रहरीको जिम्मा लगाउनेबारे पछि निर्णय गरिने बताए । साथसाथै उनले भने यी अपराधीहरूलाई पक्राउमा नेपाल र भारतबीचको सहयोग अझ बढ्नेछ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय