सिन्धुपाल्चोकका बाढीपीडितलाई आयल निगमले खाना पकाउने ग्यास सहयोग गर्ने

काठमाडौं । सिन्धुपाल्चोकका बाढीपीडित परिवारलाई नेपाल आयल निगमले खाना पकाउने ग्यास सहयोग गर्ने भएको छ । मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका बाढीपीडितलाई आयल निगमले एक/एक थान ग्यास, ३० वटा ग्यास चुलो र केही खाद्यान्न राहतस्वरूप उपलब्ध गराउने भएको हो ।

जिल्ला विपत्‌ व्यवस्थापन समितिसँग समन्वय गरी राहत बाँड्न लागिएको निगमले विज्ञप्ति निकालेर जनाएको छ । सिन्धुपाल्चोकको मेलम्ची बजारसहित आसपासका क्षेत्रमा बाढीले सयौं परिवारलाई घरबारविहीन बनाएको छ ।

प्रतिक्रिया