सुशान्तको बायोपिक

मुम्बई । गत वर्षको १४ जुनमा भारतीय अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका थिए । आत्महत्या गरेको एक वर्षपछि उनको जीवनीमा आधारित रहेर निर्माण गरिएको चलचित्र प्रदर्शनको क्रममा रहेको छ । चलचित्र ‘न्यायः द जस्टी’ गएको शुक्रबारबाट प्रदर्शनमा आएको छ । चलचित्र प्रदर्शनमा आउनुअघि नै अभिनेता सुशान्तका पिता कृष्णकिशोर सिंहले छोराको नाम जोडेर बनाइएको चलचित्र प्रदर्शन गर्न नहुने भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

दिल्लीको उच्च अदालतले यो चलचित्र रोक लगाउन परेको रिटलाई खारेज गरेको छ । न्यायाधीश संजीव नरुलाले सुशान्तको पिताको रिटलाई खारेज गरेका हुन् । सिंहको वकिलले निर्माताले आर्थिक लाभका लागि चलचित्र निर्माण गरेको जिकिर गरेका छन् । उनीहरुले दुई करोड भारु क्षतिपूर्तिसमेत माग गरेका थिए । अदालतले रिट खारेज गरेसँगै यो चलचित्र प्रदर्शनमा आएको हो ।

प्रतिक्रिया