धान खेतमा माछापालन : किन र कसरी ?

निमेस गिरि

माछा पाल्ने धान खेत र माछा नपाल्ने धान खेतको बनावटमा केही संरचनात्मक फरक छन् । धानखेतमा पानीको गहिराई बढाउन डिल वा आली चौडा र अग्लो गरी मजबुत बनाउन पर्छ । माछा पाल्ने धानखेतको आली ४०–५० सेमीसम्म अग्लो र ३०–४० सिमी चौडा हुनुपर्दछ । यसो हुँदा आली मजबुत हुनुका साथै अग्लो डिलबाट खेतका माछाहरू उचाइ नाघेर जान सक्दैनन् ।

धान खेतमा माछा पाली धानबालीसँगै हुर्काउने विधिलाई माछाखेती भनिन्छ । खेतमा बढ्न र हुर्कन सक्ने सबै प्रकारका खानयोग्य जलचरहरू जस्तै माछा, ताजा पानीको प्राउन, गंगटा, कछुवा, भ्यागुता र केही कीरा फट्यांग्र्रा समेतलाई बुझ्नुपर्छ । जहाँ पानी त्यहाँ माछाको अवधारणा अनुसार धान खेतीमा खेर जाने पानीलाई प्राकृतिक आहारा र ठाउँको अझ बढी सदुपयोग गर्न धान खेतीमा माछापालन एक निर्विकल्प खेती प्रणाली को रूपमा लिन सकिन्छ ।

धान खेती बारेमा धेरै थोरै ज्ञान भएता पनि अधिकांश किसानलाई माछापालनको सामान्य जानकारीसमेत नहुनु प्राविधिक ज्ञानको अभाव, सामाजिक समस्या परम्परागत खेती प्रणाली, विषादीको बढ्दो प्रयोग, प्रभावकारी प्रसारको कमीजस्ता कारणले गर्दा यो खेती फाइदाजनक र उत्साहवर्धक हुँदाहुँदै पनि ओझेलामा परेको छ । यस एकीकृत खेती प्रणालीमा धान मुख्य बाली हो भने माछा सहयोगी बाली हो । एकै पटकमा दुई थरिका खेतिबाट आयआर्जन गर्न सकिने यो पद्धती सरल सुलभ र जैविक वातावरणीय दृष्टिकोणबाट पनि हितकारी छ । धान–माछा खेती प्रणालीमार्फत धान उत्पादन वृद्धी गर्न सकिन्छ । अध्ययनअनुसार यस प्रणालीमार्फत धानको उत्पादकत्व १ सम्म ५५ सम्म वृद्धी हुन्छ ।

माछाले धानमा लाग्ने केही किरा फट्यांग्राको लार्भा खाएर रोगको प्रकोपलाइ कम गर्छ । कृषि क्षेत्र रासायनिक विषादिको विकल्प खोजीमा रहेको बेला यो जैविक किट नियन्त्रण पद्धति वातावरण मैत्री अभ्यास हो जसले उत्पादन लागत र स्वस्थकर खाद्यन्न उत्पादनमा टेवा पु¥याउँदछ । माछाले माटो तथा धानको बोट चलाइराख्ने हुँदा धानको बोटमा गोड्ने काम भई उर्वराशक्ति बढाई बोट गाँजिलो र माछाको बिस्टा तथा माछालाई दिई खेर गएको दाना मलको रूपमा प्रयोग भई धानको उत्पादन वृद्धि हुन्छ । माछाले लेउ र झारपात नियन्त्रण गरी बालिको लागि आवश्यक पर्ने प्रकाश र पोषण तत्वको उपलब्धतामा अभिवृद्धि गराउँछ । यस खेती प्रणालीमा पानी रहिरहने हुँदा धानमा लाग्ने स्टिम बोरर किरा तथा मुसासमेत नियन्त्रण हुन्छ ।

माछा प्रोटिनको प्रमुख स्रोत हो । यस प्रविधिको विस्तारले देशमा विद्यमान खाद्य सुरक्षाको चुनौतीलाई केहि हदसम्म कम गर्न सहयोग पु¥याउँदछ । नेपालमा अहिले पनि स्वदेशी उत्पादनले ४५ प्रतिशत मात्र माग धानेको छ । बाँकी छिमेकी मुलुक भारतसहित बंगलादेश, थाइल्यान्ड, भियतनाम आदि देशहरूबाट आयात गर्नुपर्ने बाध्यता छ । व्यावसायिक रूपमा यो प्रणालीमार्फत माछापालन गर्नेसके व्यापार घाटासमेत कम गर्न सकिन्छ ।

कृषि उत्पादनलाई धेरै तत्वले प्रभाव पारिरहेका हुन्छन् । कुनै बेला धानखेती फस्टाउन नसके पनि माछा खेतीको उत्पादनले आर्थिक नोक्सानीलाई कम गर्न सकिन्छ । यसरी आम्दानीको स्रोत र रोजगारीको सुनिश्चितता प्रदान गर्ने धान–माछा खेती प्रणालीमार्फत साना, मझौला र ठूला सबै कृषक लाभान्वित हुन सक्छन् ।

माछापालन गर्ने धान खेतको छनौट गर्दा आफूले निगरानी राख्न सक्ने ठाउँ हुनुपर्दछ । पानी अड्ने लिसाइलो, मोलिलो र ६ दशमलव ५ देखि ९ पि.एच. भएको माटो हुनुपर्दछ । पानीको स्थायी स्रोत र सिँचाइको राम्रो व्यवस्था भएको हुनुपर्दछ । पानीको तापक्रम २५–३० डि.से. हुनुपर्दछ र स्थिर तापक्रम उपयुक्त हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा बाढी आउने खेतमा मत्स्यपालन गर्न हुँदैन किनकी बाढीले पालिएका माछा र सम्पूर्ण धान नै बगाइदिन सक्छ ।

माछा पाल्ने धान खेत र माछा नपाल्ने धान खेतको बनावटमा केही संरचनात्मक फरक छन् । धानखेतमा पानीको गहिराई बढाउन डिल वा आली चौडा र अग्लो गरी मजबुत बनाउन पर्छ । माछा पाल्ने धानखेतको आली ४०–५० सेमी सम्म अग्लो र ३०–४० सिमी चौडा हुनुपर्दछ । यसो हँुदा आली मजबुत हुनुका साथै अग्लो डिलबाट खेतका माछाहरू उचाइ नाघेर जान सक्दैनन् ।

ट्रेन्चको निर्माण गर्नुपर्छ । ट्रेन्च भनेको धान खेतभित्र माछालाई विभिन्न जोखिमको बेला सुरक्षित राख्न निर्माण गरिने एक प्रकारको नाला वा कुलो हो । पोखरीको चारैतिर आलिको करिब २ फिट पर १ फिट गहिरो र २ फिट जति चौडाइ भएको ट्रेन्च खन्नु पर्दछ अथवा खेतको कुनै एक स्थानमा खाल्डो खने पनि हुन्छ जसले गर्दा खेतमा पानी सुक्दा वा बाली भित्र्याउने बेलामा खेतको पानी सुकाउँदा उक्त ट्रेन्च अथवा खाल्डोमा पानी सुकेको हुँदैन र त्यहाँ माछा सुरक्षित किसिमले रहन्छ । ट्रेन्चको एक छेउमा सिँचाइको प्रवेश र अर्को छेउमा पानी निकासको व्यवस्था मिलाउन पर्दछ ।नेपालको विभिन्न स्थान्मा गरिएको अध्ययनबाट धान खेतको लम्बाइ समानान्तर हुने गरी बनाइएका ट्रेन्चहरू धान र माछा उत्पादनको दृष्टिकोणले सबैभन्दा उपयुक्त पाइएको छ ।

धान खेतमा माछापालन गर्दा पानीको व्यवस्थाका लागि प्रवेश ढोका र निकास हुनुपर्छ तर ध्यान दिनपर्ने के छ भने यो सिधा हुनु हुँदैन जसले गर्दा खेतमा लगाएको पानी सिधै बाहिर नगई खेतको पानीसँग मिसिएर चारैतिर घुम्न पाउँछ । त्यसैगरी खेतमा उत्पन्न भएको प्राकृतिक आहाराहरू पनि सिधै बगेर जान सक्दैन । धान खेतमा राखेको माछालाई बाहिर भाग्न नदिन तथा वर्षायाममा थुप्रै स्थानीय माछालगायत कीरा फट्यांग्रा, भ्यागुताको प्रवेशलाई नियन्त्रण गर्न र कुलोमा बगी आउने झारपातको अनावश्यक आवतजावतलाई नियन्त्रण गर्न पानीको प्रवेश र निकासद्वारमा जालि लगाउनु पर्दछ ।

माछा पाल्ने धानखेत माछा राख्नु १०–१५ दिन अगावै तयार गर्नुपर्दछ र कम्पोस्ट बनाएको गोबरमल, रासायनिक मल, बंगुर तथा कुखुराको मल आदि विशेषज्ञले सिफारिस गरेअनुसार खेतमा प्रयोग गर्दा धान र माछा दुबै खेतीलाई लाभदायक हुन्छ । नेपालमा कमनकार्प र टिलापिया जातका माछा धान खेतमा माछापालनको लागि सिफारिस गरिएको छ । धान खेतमा पानीको गहिराई कम हुने हुँदा पानीको तापक्रम बढ्न जाने र अक्सिजन कम हुने समस्या हुन्छ । कमनकार्प यी समस्याबीच पनि छोटो अवधिमै बिक्री गर्ने गरी तयार हुन्छ । यसका अतिरिक्त यो माछाले आहाराको खोजीमा धानको बोट चलाउने हँदा गोड्ने काम भई बोट पनि फस्टाउँछ ।

धान रोपेको १५–२० दिनपछि २५–५० ग्राम साइजका भुराहरू खेतमा छोड्न सकिन्छ । धान रोप्नासाथ माछा धान खेतमा राख्नहुन्न किनभने माछाले चलाएर धानको बोट ढाल्न सक्छन् । ल्याउने बित्तिकै भुराहरू खेतमा छोड्दा तापक्रमको फरकले भुराहरू मर्न सक्छन् तसर्थ माछाको भुराको प्याक खेतको पानीमा करिब १० मिनेट जति राख्न आवश्यक छ ।

प्रतिक्रिया