आजको कम्युनिस्ट आन्दोलन र लिनुपर्ने सही शिक्षा

लोकनारायण सुबेदी

कम्युनिस्टको खोल ओढेर कम्युनिस्ट विरोधी पुरानै शोषक शासक वर्गको ताबेदारी गर्ने, त्यही गलत प्रवृत्तिको अनुसरण गर्ने र जनतालाई भ्रमित तुल्याउने परिपाटी प्रबल बनिरहेको स्थिति आज छ । यस परिप्रेक्षमा अहिलेम्मको विश्व कम्युनिस्ट आन्दोलनलाई हामीले सर्सरी मात्रै पनि हे¥यौँ र केलायाैं भने विश्वस्तरमा मूलतः तीन वटा अत्यन्तै महत्वपूर्ण मोड यस आन्दोलनमा आएको प्रष्टसँग देख्न र उल्लेख गर्न सकिन्छ ।

विश्वमा एक जमाना थियो जतिबेला कम्युनिस्ट आन्दोलन अत्यन्तै लोकप्रिय र आमश्रमजीवी जनताको आशा र भरोसाको एक मात्र विकल्प प्रतीत हुन्थ्यो । हुन पनि त्यो आन्दोलन जननैतिकता, इमानदारी, जनसवालका हिसाबले मात्रै होइन, सबै किसिमका समाजिक–सांस्कृतिक तथा अर्थ–राजनीतिक भेदभाव अर्थात, ‘वर्गीय शोषण र सामाजिक उत्पीडन’बाट मुक्तिको जुन दिशाबोध यसले गराएको र स्थापित गरेको थियो ।
त्यसको सान्दर्भिकता र महत्व आज पनि उत्तिकै छ र अझ बढ्न गएको छ । यद्यपि अहिले यो आन्दोलन ठूलो धक्का र पराजयको घोर बिचलनकारी प्रवृत्तिको नराम्रोसँग सिकार बनेको कालखण्डबाट गुज्रिरहेको छ । अनि जुन उचाइको जनताको विश्वासको धरोहर हिजो यो आन्दोलन बन्न सकेको थियो आज त्यो स्थिति छैन । बरु उल्टै कम्युनिस्टको खोल ओढेर कम्युनिस्ट बिरोधी पुरानै शोषक शासक बर्गको ताबेदारी गर्ने, त्यही गलत प्रवृत्तिको अनुसरण गर्ने र जनतालाई भ्रमित तुल्याउने परिपाटी प्रबल बनिरहेको स्थिति आज छ । यस परिप्रेक्षमा अहिलेम्मको विश्व कम्युनिस्ट आन्दोलनलाई हामीले सर्सरी मात्रै पनि हेर्यौँ र केलायौँ भने विश्वस्तरमा मूलतः तीन वटा अत्यन्तै महत्वपूर्ण मोड यस आन्दोलनमा आएको प्रष्टसँग देख्न र उल्लेख गर्न सकिन्छ ।

पहिलो उल्लेखनीय र महत्वपूर्ण मोड सर्वप्रथम १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्रको प्रकाशन पछि नै विश्वमा आरम्भ भएको थियो । बस्तुतः यसले संसार अर्थात् मानव समाज र प्रकृति दुबैलाई हेर्ने, व्याख्या गर्ने र फेर्ने एउटा अत्यन्तै महत्वपूर्ण वैज्ञानिक तथा समकालीन विश्वका अरू दर्शनभन्दा भिन्न द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकबादी सामाजिक दर्शन, बिचार, दृष्टिकोण र नीति दियो । बस्तुतः कार्ल माक्र्स र फेडरिक एंगेल्सले विश्वका सामु प्रस्तुत गरेको त्यो कालभेदी कम्युनिस्ट घोषणा पत्रले संसारलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने र फेर्ने एउटा नयाँ र सशक्त आधार र अभूतपूर्व ऊर्जा प्रदान ग¥यो । यसप्रकार यसले विश्वमा ठूलो हलचल मात्र ल्याएको होइन, अहिलेसम्मको गलत बाटोमा — शोषण, अन्याय, दमन, दबाब र थिचोमिचोको अमानवीय बाटोमा–हिँडिरहेको संसारलाई बदल्न सकिन्छ, युगाँै पुराना जनताका सबै प्रकारका दुःखकष्टबाट पार पाउन सकिन्छ, सबै किसिमका विभेद, अन्याय, असमानताबाट समाजलाई मुक्त गराउन सकिन्छ अनि परस्परमा प्रेमपूर्वक बाँच्न सकिने सुन्दर र सुखमय एउटा सुनिश्चित भविष्य भएको दीगो र गतिमान संसार निर्माण गर्न सकिन्छ भन्ने अत्यन्तै महत्वपूर्ण, सारगर्भित र दूरगामी मानवीय सन्देश विश्वलाई यसले दियो ।

यसरी वास्तुतः नयाँ किसिमले संसारलाई हेर्ने र फेर्ने त्यो घोषणापत्रकै आधारलाई अघि बढाउँदै लाने क्रममा नै रुसको १९१७ को महान अक्टोबर सामाजवादी क्रान्तिले सफलता पाएको थियो । पुँजीवाद साम्राज्यवादमा विकसित भएपछि त्यसको सबैभन्दा कमजोर पकड जहाँ हुन्छ त्यो देशमा क्रान्ति सम्भव छ भन्ने विकसित ठोस परिस्थितिको ठोस निष्कर्ष माक्र्सवादकै सिर्जनात्मक विकास र प्रयोगको आधारमा निकालिएको थियो । लेनिनले सफल पारेको त्यो अपूर्व समाजवादी क्रान्तिले विश्वमा पहिलोपटक मजदुर किसानको अर्थात पिँधमा परेका शोषित पीडित जनताको शासन सत्ता स्थापना गरेको थियो । त्यो समाजवादी क्रान्तिको सफलताले नै पहिलोपटक विश्व कम्युनिस्ट आन्दोलनले अर्को या दोस्रो आधारभूत र नयाँ मोड ल्याएको हो । त्यो मोड सर्वहारा क्रान्ति र साम्राज्यवाद बीचको संघर्षको मोड हो । मूलतः अहिले पनि त्यही क्रान्तिको मूलप्रवाहबाट विश्व कम्युनिस्ट आन्दोलन गतिमान छ । अर्थात् त्यो मोडलाई छोडियो भने त्यो कम्युनिस्ट आन्दोलन रहँदैन, अवरुद्ध हुन्छ र त्यसमा बिकृति बिसंगतिहरू आउँदछन् । लेनिनको नेतृत्वमा सम्पन्न त्यो पहिलो समाजवादी क्रान्तिपछि नै विश्वका अरू धेरै देशहरूमा सामन्तबाद, साम्राज्यवाद र उपनिवेशवाद विरोधी आन्दोलनको लहर पैmलिएको र तिनले सफलता पाएका हुन् भन्ने कुरा इतिहासले सिद्ध गरिसकेको छ । त्यही क्रममा नै चीन र भारत पनि उपनिवेशवादको पञ्जावाट मुक्त भएका हुन् ।

कमरेड माओको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएर आज विश्वको अग्रतम आर्थिक शक्तिको रूपमा चीन स्थापित हुन गइरहेको छ । तर यतिबेला समाजवादी सोभियत संघमै त्यो महान समाजवादी क्रान्तिका उपलब्धीहरू नजोगिनु र सोभियत समाजवादको पतन हुनुको पछाडिका बस्तुगत र मनोगत कारणहरू सही किसिमले केलाएर सार्थक निष्कर्षमा पुग्नुपर्ने गम्भीरतम आवश्यकता छ । विश्व कहाँ पुगेको छ भनेर हेर्न र यसलाई सही किसिमले फेर्नका लागि गम्भीर अध्ययन, बिश्लेषण र संश्लेषणको आवश्यकता बास्तवमा आज अझ बढ्न गएको छ ।

विश्व कम्युनिस्ट आन्दोनलको अहिलेको तेस्रो महत्वपूर्ण मोड हो । सोभियत समाजवादले ७० बर्ष चलेपछि १९९० मा खाएको अत्यन्तै गम्भीर धक्का र यसको पतन, जसको व्यापक असर अहिले पनि विश्वव्यापी रूपमा परिरहेको छ । यसले विश्व कम्युनिस्ट आन्दोलनका गम्भीर प्रकारका कमीकमजोरीहरू केलाउन, यसलाई पुनः सही धरातलमा खडा गर्न र सही दिशामा अघि बढाउन विश्वभरीका कम्युनिस्ट तथा यो शोषण उत्पीडनमा आधारित विश्व समाजलाई समूल रूपमा फेर्न चाहने प्रगतिशील, बामपन्थी तथा क्रान्तिकारी लोकतान्त्रिक शक्तिहरूले समेत आज गहन रूपमा सोचविचार पु¥याउन पर्ने दूरगामी महत्वको अत्यन्तै गम्भीर कुरा छ ।

हामी प्रष्ट देख्दछौँ कि विश्वमा अहिलेसम्म कम्युनिस्ट आन्दोलनका दुइटा चक्रले पूर्णता पाइसकेका छन् भने तेस्रो चक्र अर्थात ठूलो धक्का खाएको कालखण्डमा आजको विश्व समाज रहेको छं । यो धक्काका सांगोपांगो कारणहरू केलाएर आन्दोलनको पुनर्समीक्षा गर्दै नयाँ किसिमले अघि बढ्नुपर्ने कालखण्डबाट विश्व समाज अघि बढ्दै छ । यो चरण वास्तवमा घोर विचलन, सिद्धान्तहीनता, भयंकर धक्का र आत्म समीक्षाको अत्यन्तै गम्भीर र महत्वपूर्ण चरण हो । यो कुरालाई नेपाललगायत विश्वभरीका कम्युनिस्ट तथा वामपार्टीहरूले महसुस गर्नु पर्दछ र गर्दै आएका पनि छन् ।

यस सन्दर्भमा केही वर्षअगाडि पोर्चुगलको राजधानी लिस्वनमा विश्वका ६१ देशका ७६ कम्युनिस्ट पार्टीहरूको संयुक्त बैठकले एकमतले के निचोड निकालको थियो भने – ‘ठूलो धक्का खाए पनि वास्तवमा वैज्ञानिक समाजवाद नै पुँजीवादी संकटबाट मुक्तिको एक मात्र सही विकल्प हो । तर, विगतमा र अहिले पनि समाजवादी सिद्धान्त र ब्यवहारका बारेमा जस्तो किसिमले तोडमोड गरिएका छन्, जस्ता गम्भीर गल्तीहरू दोहो¥याइएका छन् र जसरी समाजवादी आन्दोलनलाई शिथिल र दिशाहीन तुल्याउने खालका गतिविधि भइरहेका छन् तिनबाट उचित शिक्षा लिएर अघि बढ्न सक्दा मात्र वैज्ञानिक समाजवादका मानवीय, विश्वव्यापी उपलब्धीहरू, समाजवादी प्रणाली र तिनको औचित्यता र आवश्कयताको पुनर्पुष्टी गर्दै अघि बढ्न सकिनेछ ।’

महान समाजवादी अक्टोबर क्रान्ति हुनु अघिको आधा शताब्दीको कालखण्डलाई हामीले नियालेर हे¥यौँ भने पनि त्यतिबेला कम्युनिस्टहरू राज्य सत्ता सञ्चालन गर्ने अवस्थामा नपुगेको भए पनि त्यो समय उनीहरूको निमित्त बृहत् बहस, अन्तरक्रिया र रचनात्मक प्रकृयाको दृष्टिले अत्यन्तै उर्बर समय थियो । बिशेषगरी यस सन्दर्भमा पेरिस कम्युनको असफलतापछिको कालखण्ड कम्युनिस्ट सिद्धान्त र विचारधाराको समृद्धिका निमित्त आदर्शतम काल खण्ड रहेको औँल्याउन सकिन्छ । वास्तवमा त्यो कालखण्डमा अरुको आलोचना सुन्ने र आफ्नो गल्ती सच्याउने लोकतान्त्रिक र पारदर्शी असल परिपाटी अत्यन्तै प्रबल बनेको थियो । त्यतिबेला माक्र्स र एंगेल्सलाई समकालीनहरूले गरेको आलोचनाहरूबाट उनीहरूले सही शिक्षा लिने गरेको कुरा नै यसको सबैभन्दा ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ । वास्तवमा त्यो कालखण्डमा आजको जस्तो कम्युनिस्ट आन्दोलनमा त्यस्तो कुनै जालझेल र षडयन्त्रहरूको गन्धसम्म पनि थिएन । माक्र्सवादी नेता कार्यकर्ताहरूमा पारदर्शीता, इमानदारी र जनताप्रति शतत समर्पण त्यो बेलाको प्रष्ट चरित्र र उदात्त स्वाभाव थियो । वास्तवमा लेनिनको नेतृत्वमा भएको महान अक्टोबर समाजवादी क्रान्तिको श्रेय मूलतः लेनिनले नब निर्माण गरेको यही महत्वपूर्ण विशेषता र बस्तुस्थितिलाई दिइनु सर्वथा उचित हुुन्छ ।

आजका पछिल्ला दिनहरूमा समग्र विश्व कम्युनिस्ट अन्दोलन र बिभिन्न देशका कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट नैतिकता, निष्ठा, इमानदारी, आचरण र व्यवहारको ठाउँमा जालझेल र षड्यन्त्रले तथा उपभोक्तावादले नराम्रोसँग गुढ लाउन थाल्यो र यो आन्दोलनलाई भित्रैबाट कमजोर र खोक्रो बनाउन थाल्यो । जालझेल र षडयन्त्रको यस्तै अनुभूतिले गर्दा होला चीनमा कम्युनिस्ट पाटीका अध्यक्ष माओले सर्वहारा सांस्कृतिक क्रान्तिकै कालमा आफ्नो जीवनको उत्तराद्र्धमा पुग्दै गर्दा ‘माक्र्सवादको प्रयोग गर संशोेधनवादको होइन, एकजुट होऊ नफुट, खुल्ला र खुलस्त होऊ, जालझेल र षड्यन्त्र नगर’ भन्ने अत्यन्तै महत्वपूर्ण मार्गदर्शन गरेका र निर्देशन दिएका थिए । वस्तुतः आज पनि समग्र नेपाली जनआन्दोलनलाई र बिशेषतः कम्युनिस्ट आन्दोनललाई क्रान्तिकारी नैतिक धरातल प्रदान गर्न र क्रान्तिकारी दिग्दर्शन गराउन यो निष्कर्षको अत्यन्तै ठूलो महत्व छ र रहिरहनेछ । देश र जनताको समुन्नति, समानता, समृद्धि शतत शान्ति चाहने सबै क्रान्तिकारी कम्युनिस्ट, बामपन्थी र क्रान्तिकारी लोकतन्त्रबादीहरूले आज यी कुरालाई आत्मसात गर्न र सही दिशामा अघि बढ्न सिक्नु, सक्नु र अग्रसर हुनुको कुनै विकल्प छैन । इतिहास र समयले दिएको सारभूत शिक्षा नै यही हो ।

प्रतिक्रिया