बाढी तथा पहिरोका कारण प्रभावितको उद्धारमा हेलिकप्टर परिचालन गर्ने निर्णय

काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण प्रभावित भएकाहरुको उद्धार तथा राहत कार्यलाई तीव्र पार्न गृहमन्त्रालयले निर्देशन दिएको छ । बुधबार बिहानै मन्त्रालयमा गृहमन्त्री खगराज अधिकारी र सुरक्षा निकायका प्रतिनिधिसहितको बैठक बसेर राहत तथा उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।

गृह पदाधिकारीका अनुसार उद्धार तथा राहतका लागि हेलिकप्टर तयारी अवस्थामा छन् । आवश्यक परेका ठाउँमा हेलिकप्टरबाट उद्धार तत्काल सुरु हुने गृह मन्त्रालयले जनाएको छ । सुरक्षा निकायलाई पनि उद्धार तथा राहतका लागि खटिन गृह मन्त्रीले निर्देशन दिएको जनाइएको छ । लगातारको वर्षाका कारण सिन्धुपाल्चोक, मनाङसहितका जिल्लामा बाढी तथा पहिरोले ठूलो क्षति गरेको छ ।

प्रतिक्रिया