डडेल्धुराकाे जोगबुढामा पछिल्लो ३ घण्टा भारी वर्षामापन, सतर्क रहन अनुरोध

डडेल्धुरा । जोगबुढा क्षेत्रको वर्षामापनमा रातो बत्ती बलेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार डडेल्धुराको पुन्तुरा र जोगबुढाका वर्षामापन केन्द्रमा मंगलवार राति भारी वर्षामापन गरिएको हो । स्थानीय रंगुनखोला लगायत आसपासका साना खोलाहरूमा बाढी आउनसक्ने सम्भावना रहेको हुँदा बिहानसम्मै सतर्क रहन विभागले अनुरोध गरेको छ ।

विभागको सूचनामा उल्लेख छ, ‘असार ०२ गते बिहान १ः३० बजे, डडेल्धुरा जिल्लास्थित गैबडे पुन्तुरा र जोगबुढा वर्षामापन केन्द्रहरूमा पछिल्लो ३ घण्टा भारी वर्षामापन भएकोले रंगुनखोला लगायत आसपासका साना खोलाहरूमा बाढी आउनसक्ने सम्भावना रहेको हुँदा बिहानसम्मै सतर्क रहनुहोला ।’

प्रतिक्रिया