असार १० बाट एनआइसी एसिया सेलेक्ट–३० फन्ड

काठमाडौं । एनआइसी एसिया क्यापिटलले असार १० बाट एनआइसी एसिया सेलेक्ट–३० फन्डको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला गर्ने भएको छ । यसमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्र्धक एनआइसी एसिया बैंकलाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुला गर्न लागिएको हो । यसमा असार १४ सम्म आवेदन दिन सकिने छ ।

उक्त समयसम्म सबै इकाई बिक्री नभएमा असार २४ सम्म खुला रहने एनआइसी एसिया क्यापिटलले जनाएको छ । यसमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।

 

प्रतिक्रिया