रिया चक्रवर्तीको भावुक स्ट्याटस : ‘तिमी बिना जिन्दगी नै छैन, तिमीले जिन्दगी नै आफूसँग लिएर गयौ’

काठमाडौं । बलिउड अभिनेता सुशान्त राजपूतलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा जेल समेत गएकी अभिनेत्री रिया चक्रवर्तीले सुशान्तको सम्झनामा भावुक स्ट्याटस लेखेकी छन् । सुशान्तले आत्महत्या गरेको हिजो एक वर्ष पुगेको दिन उनले सुशान्तको यादमा स्ट्याटस लेखेकी हुन् ।

उनले लेखेकी छन्, ‘तिमी यहाँ नभएको विश्वास दिलाउने कुनै पल नै छैन । मानिसहरु सबै कुरा समयसँगै ठिक हुन्छ भन्छन् तर मेरो सबै समय नै तिमी थियौ । तिमी मेरो अभिभावक हौ । तिमीले मलाई चन्द्रमाबाट टेलिस्कोपको सहारामा हेरिरहेका छौ र रक्षा गरिरहेका छौ ।’

रियाले अगाडि लेखेकी छन्, ‘म हरेक दिन तिमी आउने पर्खाइमा बस्छु । म तिमीलाई हरेक ठाउँमा देख्छु । यो पीडाले मलाई हरेक दिन टुक्र्याउँछ । तिमी यहाँ नभएको आभासले मलाई निकै पीडा दिन्छ ।’ उनले उक्त स्ट्याटसमा सुशान्तबिना उनको जिन्दगी नै नरहेको बताएकी छन् । उनले लेखेकी छन्, ‘तिमी बिना जिन्दगी नै छैन । तिमी जिन्दगी नै आफूसँग लिएर गयौ । यो खाली पन कसैले भर्न सक्दैन । तिमी बिना म एक्लै भएकी छु । मेरो स्वीट सनशाइन ब्वाइ, म तिमीलाई हरेक दिन मालपुवा दिन र क्वान्टम फिजिक्सको सबै किताब पढ्ने बाचा गर्छु । कृपया तिमी फर्केर आउ ।’

प्रतिक्रिया