दीपलाई संघको २ लाख

काठमाडौं । गायक दीप श्रेष्ठलाई संगीतकार संघले २ लाख सहयोग गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण भएपछि लामो समय अस्पताल बसेर हालै उनी घर फर्किएका छन् । उनी ह्याम्स अस्पतालमा दुई हप्ता उपचार गरेका थिए । गायक श्रेष्ठलाई संघले संगीतकार कल्याणकर्मी कोषबाट यो रकम प्रदान गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष पारस मुकारुङले गायक श्रेष्ठको नाममा काटिएको चेक सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । श्रेष्ठ कोरोना संक्रमित भएपछि उनको उपचारका लागि सरकार अघि सर्नुपर्ने भन्दै संगीतकर्मीले आवाज उठाएका थिए । नेपाली सांगीतिक जगतमा थुप्रै कालजयी गीत गाएका श्रेष्ठ पछिल्लो समय टेलिभिजन सो ‘भ्वाइस अफ नेपाल’ का निर्णायक रहेका छन् ।

प्रतिक्रिया