अर्थबजार

इन्फिनिटी लघुवित्तको साधारणसभा

सौर्य अनलाइन २०७८ जेठ ३१ गते २१:१६ मा प्रकाशित

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आगामी असार २१ मा विशेष साधारणसभा आब्हान गरेको छ । सो प्रयोजनको लागि संस्थाले आगामी असार ८ मा बुक क्लोज गर्ने निर्णय गरेको छ । सभाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न इन्फिनिटी लघुवित्तलाई स्वीकृति दिने विशेष प्रस्तावलाई पारित गर्दै छ । नेपाल एग्रो लघुवित्तको १०० कित्ता सेयरलाई इन्फिनिटी लघुवित्तको ९८ कित्ता सेयर दिने गरी स्वाप रेसियो कायम गर्ने गरी सेयर मूल्य अनुपात कायम गर्ने सञ्चालक समितिको प्रस्ताव रहेको छ । त्यस्तै संस्थाले सभामा बोनस तथा नगद लाभांश र हकप्रद जस्ता प्रस्ताव भने नलाने भएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय