अर्थबजार

दरिलो कार्ययोजना ल्याउन पर्यटन मन्त्रीको निर्देशन

सौर्य अनलाइन २०७८ जेठ ३१ गते २१:१५ मा प्रकाशित

काठमाडौ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले दरिलो कार्ययोजना ल्याउन नेपाल वायुसेवा निगमका व्यवस्थापनलाई निर्देशन दिएका छन । सोमबार नवनियुक्त मन्त्रीको स्वागत एंव छलफल कार्यक्रममा उनले निगमसँग भएका विमानको पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा पु¥याउन आब्हान पनि गरे । दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनःप्राप्ति गर्न सामुहिक प्रयासको आवश्यकता तर्फ पनि उनले आग्रह गरे । निगमले कोरोनाको महामारीमा पनि आफ्नो जिम्मेवारी सक्षमता साथ पुरा गरेकोमा सन्तोष व्यक्त गर्दै अझ दरिलो कार्ययोजना सहित अघि बढन तत्कालै योजना बनाउन र गुमेको बजार पुन प्राप्त गर्न ठोस कार्यको आवश्यकता औल्याए ।

उनले निगम नाफामूलक मात्र नभई, सेवामूलक संस्था भएको भन्ने अवधारणा सहित अगाडि बढन सल्लाह दिंदै सरकारका तर्फबाट पूर्ण सहयोग हुने बचतवद्धता व्यक्त गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले नयाँ परिप्रेक्ष्यमा निगमलाई ठोस कार्ययोजना सहित अगािड बढाउनु पर्ने आवश्यकता औल्याए । उनले निगमलाई परम्परागत ढंगमा अगाडि बढाउन नसकिने यथार्थलाई अंगीकार गर्र्दै नयाँ मोडेलमा परिवर्तन गरी प्रगति तर्फ लैजान सम्वन्धित क्षेत्रको भूमिका उल्लेखनीय रहनेमा जोड दिए ।

संस्थालाई कसरी नयाँ मोडेलमा लैजाने भन्ने कुरामा विभिन्न विकल्प बारे अध्ययन गर्नुपर्ने भन्दै निगमका लागि अगाडि भएका प्रयास पर्याप्त नभएको उनको बुझाई थियो । उनले निगमलाई पूँजीबृद्धिको आवश्यकता अनुभव भएको बताउँदै व्यवस्थापनका उच्चसोच र कर्मचारीमा सामुहिक सक्रियताले संस्था प्रगतितर्फ लाग्ने बताए ।

निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले विगतका गतिविधिबारे प्रकाश पार्दै भविष्यका कार्ययोजनाबारे विस्तृत रुपमा अवगत गराए । निगमलाई तत्काल अन्तर्राष्ट्रिय विमान कम्पनी बनाउन नसकिए पनि क्षेत्रिय कम्पनीको रुपमा सक्रिय र सक्षम बनाउन निगम परिवार सकारात्मक रुपमा लागि परेको उल्लेख गरे ।

सो अवसरमा महाप्रवन्धक पौडेलले यात्रुको लागि विश्वको झण्डै आधा जनसंख्या भएको भारत र चीन राम्रो बजार रहेको र बैदशिक रोजगारीमा जाने पनि पर्याप्त मात्रामा भएकोले निगमले क्षेत्रिय विमान कम्पनीकै रुपमा पनि लगानीको राम्रो प्रतिफल लिन सक्ने धारणा व्यक्त गरे । उनले एयरबसहरुको उडान घण्टाको उपयोग अन्तर्राष्ट्रियस्तरमै राख्न सकिएकोमा सन्तोष व्यक्त गर्दै भविष्यमा प्रयोगमा आउने भैरहवा र पोखराको विमानस्थलको ग्राउण्ड ह्याण्डलिग सेवा वापतको राजश्वमा ५ वर्षका लागि छुट गराउन र सरकारी कर्मचारीले अन्तर्राष्ट्रिय उडानमा निगमको विमान प्रयोग गर्नु पर्ने प्रावधान राख्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय