गठबन्धनलाई थप प्रभावकारी बनाउँदै लाने तीन नेता निष्कर्ष

काठमाडाैं । विपक्षी दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको गठबन्धनलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ । संविधान, लोकतन्त्र, जनताको हकअधिकार र प्रेस स्वतन्त्रताको रक्षाका निम्ति गठबन्धन दृढ रहनुपर्ने भन्दै गठबन्धनलाई कमजोर पार्ने प्रयासहरु हुनसक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्नेमा नेताहरु सहमत भएको बुझिएको छ ।

सोमबार साँझ एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्तामा गठबन्धनलाई कमजोर बनाउने प्रयास हुनसक्ने भन्दै त्यसबारेमा सतर्क हुने विषयमा छलफल भएको भेटमा सहभागी काँग्रेस महामन्त्री समेत रहेका पूर्णबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया