गायक शर्माको गीत ‘ए मेरो असफल मायालु’ सार्वजनिक

काठमाडौं । सु–प्रसीद्ध आवाजका धनी गायक हेमन्त शर्माले नयाँ ‘ए मेरो असफल मायालु’ बोलको गीत ल्याएका छन् । प्रायः आफ्नै शब्द, संगीत र आवाजमा गीत ल्याइराख्ने गायक शर्माले यसपटक पनि सम्पूर्ण आफ्नै सिर्जनामा गीत सार्वजनिक गरेका हुन् ।

उक्त गीतमा उनलाई पछिल्लो समय सबैले मन पराएकी गायिका एलिना चौहानले आवाजमा साथ दिएकी छन् । प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतमा कृष्ण बिकले संगीत संयोजन गरेका छन् । त्यस्तै उक्त गीतको भिडियोमा गायक गायिकाद्वय हेमन्त शर्मा र एलिना चौहानले नै अभिनय गरेका छन् ।

निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायांकन रहेको छ भने विकास धमलाले सम्पादन गरेका हुन् । उक्त गीतको भिडियो गायक शर्माले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । प्रायः जसो वियोगान्त गीत ल्याइराख्ने उनले यसपटक पनि कोरोना दोस्रो भेरिएन्टको महामारीबीच यस गीत ल्याएका हुन् ।

दर्जनौँ गीत बजारमा ल्याएर आम दर्शक–स्रोताको मन जित्नुका साथै अहिलेको ‘ए मेरो असफल मायालु’ गीतमा पनि हरेक मायाप्रेममा रहेका जोडीको वास्तवीक कथा शब्दमा समावेश गरेकाले विगतमा जस्तै माया पाउनेमा अनफू विश्वस्त रहेको उनले बताए ।

प्रतिक्रिया