नागरिकको दैनिक हेरचाहमा लिंगासैनी युथ क्लब

कालिकोट। कोरोना महामारीको कसैलाई पनि समस्या नपरोस भनेर लिंगासैनी युथ क्लब यतिबेला अंग्रपंक्तीमा रहेर काम गरिरहेको छ । कालिकोट जिल्लामा कोरोना संक्रमित बढे संगै लिंगासैनि युथ क्लब सामाजिक कार्यमा अग्रसर देखिएको हो । क्लबले टोल टोलमा गएर नागरिकलाई स्वास्थ सामाग्री वितरण गर्नुका साथै कोभिड १९ को दोस्रो लहरको बारेमा सचेतना फैलाउदै आएको छ ।

गाउँका स्वास्थ्य चौकि र सदरमुकाममा समेत सिटामोलको अभाव हुन थालेपछि युथ क्लबका सदस्यहलेस्वास्थ्यकर्मी सहित घरदैलो अभियान चलाएको छन । संक्रमितलाई औषधिको अभाव हुदा अझै प्रयाप्त जनचेतनाको कमिले स्वास्थ्य चौकि सम्म गरए कोरोना चेक गर्न आनाकानी गर्ने गरेका स्वास्थ्यकर्मी कृष्ण बहादुर मल्लले जानकारी बताए । क्लबले जेष्ठ १८ गते देखि अहिले सम्म आपतमा परेका कोरोना संक्रमित र सामान्य बिरामी १ हजार ३ सयको संख्यामा औषधी बितरण गरेको क्लबका उपाध्यक्ष अमरजंग शाहीले बताए ।

महामारी मा फ्रन्टलाइनमा हुने सुरक्षाकर्मी लाई समेत स्वास्थ्य सामाग्री बितरण गरेको उनले बताए । प्रतिव्यक्ति पुग्ने औषधिको मात्रा सहित खाडाचक्र नगरपालिकाका बिकट वडा ८, ९, १० र ११ मा घरदैलो सहित आवश्यक औषधी स्वास्थ्य चौकीलाई हस्तान्त्रण गरेको अमरजंग शाहीले बताए । गरिबलाई रोग र चाडपर्ब एउटै रै छ । उनले भने, ‘हामिले औषधिको कमिले निराशा उत्पन्न नहोस भन्ने ध्येयले घरदैलो कार्यक्रम गरेका हौं ।’

अहिले सम्म १३ हजार ट्याबलेट सिटामोल,६ हजार २सय ट्याबलेट भिटामिन सी, ६ हजार, २ सय ट्याबलेट भिटामिन बि कम्प्लेक्स, ६ हजार ट्याबलेट डि–कोल्ड,२ हजार ८सय ट्याबलेट एजिथ्रोमाईसिन, ३ हजार, ५ सय ट्याबलेट सेट्रिजिन, माक्स ६ हजार पिस र ६ सय बोतल सेनिटाइजर वितरण गरिसकेको क्लबका अध्यक्ष हिक्मतजंग मल्लले बताए । क्लबका अध्यक्ष हिक्मतजंङ मल्ले अभियानलाई देश विदेश बाट सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरु लाई हृदयबाट हार्दिक आभार व्यक्त गरे ।

आगामी दिनमा नेपाली युवा तथा बिदेशी भुमिमा रहेर सहयोग गर्ने सम्पुर्णको साथ सहयोगको अपेक्षा रहेको अध्यक्ष मल्लले बताए । महामारीको बेला होस या कुनै सामाजिक कार्यका लागि लिंगासैनी युथ क्लब नागरिकको हेरचाहका लागि नागरिककै साथमा रहने मल्लले बताए । आपतमा युवा अभियान जारी नै हुने मल्लले प्रतिबद्धता गरेका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया