अभिनेत्री निशा घिमिरेलाई आँचल शर्माकाे सहयोग !

काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री निशा घिमिरेलाई अभिनेत्री आँचल शर्माले एक लाख सहयोग गर्ने भएकी छन् । आइतबार निशालाई भेट्न अस्पताल पुगेकी अभिनेत्री आँचलले एक लाख सहयोग गर्ने बताएकी हुन् । आँचलले आगामी शनिबार उनका पितालाई भेटेर सहयोग रकम हस्तान्तरण गर्न लागेकी हुन् । स्वास्थ्यमा सुधार हुँदै गएका कारण निशा चाँडै निको हुनेमा आफू विश्वस्त रहेको आँचलको भनाइ छ ।

तीन वर्ष अगाडि अभिनयमा डिप्लोमा गर्न भारत जाने क्रममा सवारी दुर्घटनामा परी ब्रेन इञ्जुरी भएकी निशाको गत विहीबारदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको उद्दार गरेर निःशुल्क उपचार सुरु गरेकी हुन् । निशा अस्पताल भर्ना भएपछि अभिनेत्री करिश्मा मानन्धर, रेजिना उप्रेती, उषा पौडेललगायतले पनि आर्थिक सहयोग गरिसकेका छन् । त्यस्तै, चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले पनि निशालाई ५१ हजार प्रदान गरेको छ ।

प्रतिक्रिया