दुई छोरीहरू…….

मान्धोज मोक्तान

एउटी नेपालकी छोरी – मनिषा कोइराला
दोस्रो रुवाण्डकी छोरी – इमाकुली इलिवागिजा
यिनी दुवै मृत्युलाई जितेर आज यस संसारमा जीवित छन् । एउटी नेपालको धर्तीमा अर्की अमेरिकाको न्युयोर्कमा । दुवैले आआफ्नो देशको प्रतिनिधित्व गरेर विश्वलाई चिनाएका छन् । दुवै मृत्यु शय्यामा पुग्दाको दुःख पीडा र भगवान्प्रतिको विश्वाशले बाँचेका आध्यात्मिक ज्ञानको उज्यालो एंव क्षमादान र सहिष्णुताको ज्ञान प्रात्तिबारे एक÷एक किताब लेखेका छन्, HEALED र  LEFT TO TELL .।

मनिषा कोइराला जो प्रजातान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री बिपी कोइरालाकी नातिनी पनि हुन् । विश्वको दोस्रो ठूलोे सिने चलचित्र उद्योग भारतको वलिउड मुम्बईकी चर्चित अनि बौद्धिक अभिनेत्री नेपालकी छोरी हुन् । एक महान देशको ग्लामरियस मुम्बईको धुमधडाकामा दरिलोसँग पाइला टेक्न र त्यहाँ स्थापित हुनु भनेको नेपाल र नेपालीको गौरवको विषय हो । उनको आफ्नै मिहिनेत र क्षमताले त्यहाँ स्थापित भएकी हुन् भन्ने नेपाल र भारत बाहेकका अन्य देशका मानिसलाई पनि थाहा छ, जसले फिल्मबारे जानकारी राख्दछ ।

मनिषा कोइराला चौथो स्टेजको पाठेघरको डिम्बासयको क्यान्सरले मृत्युको मुखमा पुर्याइसकेको अवस्थामा कडमाडौं र मुम्बईमा जँचाएर अमेरिकाको सबैभन्दा राम्रो क्यान्सर अस्पताल मेमोरियल ल्कोन केटरिङ क्यान्सर सेन्टर (एमएसकेसिसी) पुगिन् । त्यहाँका डिम्बासय क्यान्सर शल्यक्रिया विभाग प्रमुख डा. डेनिस चीसँग शल्यक्रिया गराइन् । डाक्टर ची कोरियन मूलका थिए र यस्ता शल्यक्रिया अनगिन्ती गरिसकेका २०औँ वर्षको अनुभवी डाक्टर थिए । यसरी संसारकै उत्कृष्ट अस्पताल, उत्कृष्ट डाक्टरसमक्ष पुग्नु मनिषाको आफ्नो भाग्य भन्नौं या उनको क्षमताको चमत्कार भनाैं । डाक्टर अस्पताल उनले आफैंले गुगलमा खोजिन् । धन्य आधुनिक संसार १ यस्ता अस्पतालमा गएर आफ्नो खर्चमा उपचार गर्न सक्ने कति भाग्यशाली नेपाली होलान् !

उपचारका लागि अमेरिका पुग्दा आमा, बाबु र भाइ साथै थिए उनका । क्यान्सरको पीडाले उनलाई साँच्चै निराश बनाएको थियो । ‘यस्तो राम्रो संसारलाई छाडेर जाने सोचले मलाई झन निराश बनायो । छेवैको कोठामा आमा रोइरहेको आवाज सुनेँ । कुनै संकेतविना अन्तरमनबाटै गला अबरुद्ध पार्ने क्रन्दन बाहिर निस्कियो बलिन्द्र अश्रुधारा बग्न थाले, जबसम्म मेरो शरीर काँप्यो र मेरो मष्तिक भित्रैबाट छिन्नभिन्न भयो । मृत्युको एक्लोपन डरलाग्दो हुनेरहेछ । म आप्mना आमाबुबाप्रति सानुभूति राख्दै केहीबेर रोए । उहाँहरूलाई आफ्नो बच्चा गुमाएपछि हुने पीडाको लागि केहि आँसु बगाएँ । म उहाँहरूले मनाइरहेको मेरो शोकमा सामेल भएँ । म हरेक ती आमाहरूका लागि रुएँ, जस्ले आफ्नो सन्तान गुमाएका छन् । म ती आत्माका लागि रोएँ जसले कलिलो उमेरमै देह त्याग्नुपर्यो । म आफ्नै लागि रोएँ ।’

डक्टर चीले ११ घण्टा लगाएर उनको डिम्बाशय क्यान्सरको शल्यक्रिया गरे । उनको शल्यक्रियापछि डक्टर चीले भनेका छन्, ‘शरीरको हरेक अंगमा क्यान्सरको कोष फैलिसकेको थियो, त्यसमध्ये ९५ प्रतिशत चामलको कनिकाजस्तो क्यान्सरको कोष निकालियो ।’ त्यसरी क्यान्सरले मृत्युको मुखमा पुगेर पनि बाँच्न सफल भएका छन् । पीडाबाट उत्पन निराशा, जीवनको मोह भगवान् प्रतिको विश्वास साथै क्यान्सर हुनुभन्दा अघिका नजिकका साथीहरू क्यान्सर भएपछि टाढा भएका हृदयभित्र उनिएका अभिव्यक्तिहरूको सँगालो हो उनको यो किताब HEALED ।

ठीक त्यस्तै पूर्वी अफ्रिकी देश रुवाण्डाकी एक छोरी छिन्, इमाकुली इलिवागिजा जो रुवाण्डाको जातीय नरसंहारमा एक जना पास्टरको दयामा ४ फिट लम्बाइ र ३ फिट चौडाइ भएको चर्चको पाइखानामा ६ जना ९१ दिनसम्म लुकेर बाँचेकी थिइन् । आफ्नो छरछिमेकका साथी, आमा, बुबा, दाजुभाइको निर्मम हत्या गरिसकेपछि उनी लुकेर बसेकी चर्च बाहिर आएर काट्ने हतियारहरू चुप्पी र खोडाहरू लिएर भन्दै थिए, ‘इमाकुली यही कतै लुकेको छ खोज उसलाई मारेपछि चार सय जना कक्रोच हुन्छ यो राम्रो संख्या पनि हुनेछ ।’ एक इञ्चीको पर्खालले मात्र उनी छेकिएकी थिइन् । त्यही विभत्स हत्याको साक्षी बनेर आफ्नो श्रद्धा प्रेम र भावनाहरूको अभिव्यक्ति उनको आँशुले लेखिएको हो एउटा पुस्तक left to tell । त्यो जातीय हिंसाले एउटा आदर्श परिवार कसरी छिन्नभिन्न हुन्छ र सपनाहरू चकनाचुर हुन्छ साथै एकआपसमा कहिले भेट हुँदैन घरबार सबै खरानी हुन्छ । उनको यो कथाले साँच्चै मन छुन्छ र बिह्वल बनाउँछ ।

रुवाण्डाको त्यो जातीय नरसंहार २०अाैं शताब्दीका अन्त्यतिरको मानव इतिहासकै क्रुर कलंक हो । उनी खाण्डाको पश्चिमी प्रान्तको किबुये जिल्लाको मतावा गाउँमा जन्मेकी थिइन् । जहाँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण थियो । पहाडको अलिक भिरालो पाखामा घर, घरदेखि तल ताल, त्यही तालमा उनी बाबु र दाजुसँग पौडी खेल्न जान्थिन् । पौडी खेलेर घरतिर लाग्दा भिरालो भएकोले चिप्लेर लड्यो भने त्यही तालमा पुग्ने हुँदा उनलाई बुबाले समातेर घरमा ल्याउँथे । आमा स्कुलको शिक्षिका, बाबु स्कुलका निरीक्षक, दुई जना दाजु, एक मात्र भाइ सानै, उनी कलेज पढ्दै गरेकी २० वर्षीय युवती थिइन् । एउटा आदर्श परिवारमा हुर्केकी उनले आफ्नो पुस्तकमा लेखेकी छन्, ‘म स्वर्गमा जन्मेको थिएँ ।’ सन् १९९४ मा भड्किएको जातीय नरसंहारमा करिब सय दिनमा १० लाख निर्दोष तुत्सीहरूको हत्या भएको थियो । यो जातीय विभाजनको बिउ उपनिवेशवादी बेल्जियनहरूले रोपिदिएका थिए र सन १९५९ मा नै एक लाख तुत्सीहरूको हत्या भइसकेको थियो ।

अब तुत्सी लडाकाहरू युगाण्डादेखि रुवाण्डा आइपुग्छन् लडाइँ शान्त हुन्छ । शान्ति सेनाका रूपमा फ्रेन्च सैनिकहरू रुवाखाण्डामा आउँछन । इमाकुलीलाई ती सानो पइखानाबाट फ्रेन्च सैनिकले उदार गरेर तुत्सी सैनिक ब्यारेकमा नपुयाई उग्रवादी हुतुहरूको झुण्डाभएकै नजिक जंगलमा छाडीदिन्छ । यसबाट फ्रेन्च सैनिक त्यति विश्वसनीय देखिँदैनन् । हत्याराहरूको झुण्ड १० फिटको दुरीमा हुन्छ । उनलाई फेरि ज्यानको खतरा आइपर्छ । भगवान्लाई प्रार्थना गर्दै तुत्सी सैनिक भएतर्फ अग्रसर भइन् । अन्त्यमा त्यहाँ पुग्न सफल भइन् । तर, त्यहाँ पनि हुतुको जासुसी हो कि भन्ने शंका गर्छ र मेजरले सोध्छ तुत्सी भएर अहिलेसम्म कसरी बाँच्याैं ? तर सत्यको जहिले पनि जित हुन्छ । त्यहाँ एउटा सिपाही इमाकुलीकै गाउँको र राम्रो चिनाजानी भएको हुन्छ । सिपाहीले चिनेकोले जासुसी होइन भन्ने प्रमाणित हुन्छ । पछि सैनिक अधिकृतको सहयोगमा आफ्नो गाउँ आउँछिन् । आमाबुबा तथा दाजुभाइको समाधी छेउ गएर घुँडा टेकेर भक्कानिँदै प्रार्थना गर्छिन् । यसरी लडाइँ साम्य भएपछि उनी आफ्नो गाउँ आउँछिन् । बाँचेका कोही छिमेकीले उनको दाजुलाई यसरी मारियो, आमालाई कसरी मारियो भन्ने कुरा बताउँदा ९१ दिनसम्म भगवान्लाइ प्रार्थना गरेर पाएको जीवन पुनः दुःखको सागरमा डुब्न पुग्छिन् । रुवाण्डामा लडाइँ साम्य भएपछि व्यवस्थापन गर्न आएका युएन अफिसमा धेरै प्रयास र प्रार्थनापछि युएनमा काम पाउँछिन् । यसरी इमाकुलीको नयाँ जीवन सुरु हुन्छ । अनि जीवन व्यवस्थित बनाउनेतर्फ भगवान्लाई प्रार्थना गरेर आपूmले चाहेजस्तै पति भेट्छिन । अहिले एक छोरा, एक छोरी र पतिसँग न्युर्याेकमा बस्छिन् उनी ।

सायद मृत्युको मुखमा पुगेर सबै मानिसहरू बच्नलाई या आफ्नो इच्छा पूरा गर्न भगवान्सँग प्रार्थना गर्छन् । यहाँ मनिषा कोइराला र इमाकुलीको उस्तै छ भगवान्लाई पूजा गर्ने, पति पाउने चहाना र छोराछोरी खेलाउने रहर उस्तै छ । दुवैलाई डाक्टरले प्रकाशमा ल्याइदिएका छन् । मनिषालाई डा. ची र इमाकुलीनलाई डा. व्यनले । दुवै शिक्षित र संसारलाई बुझेका छन् । दुवै दुःखी र पीडितहरूलाई सान्त्वना र प्रेरणा दिने कार्यमा जुटेका छन् । दुवैले भेटेर एकआपसमा आपूmले भोगेका जीवन दर्शनबारे आमनेसामने कुरा गरेको सुन्न पाए कस्तो हुन्थ्यो होला । संसारको कुनै एक भोगेको अथाहा पीडाका कथा अर्को कुनाकोले महसुस गर्दछ । अनुभूत गर्दछ । इमाकुलीको कथा पढने जो कोहीले आँशु थाम्न सक्दैन । अरूको कथाले म रोएँ भोलि मेरो कथाले संसारको अन्य कुनाको मानिस नरोउन् । कहीँ यो देशमा पनि रुवान्डाका जस्तै जातीय दंगा नहोस् । किनभने देशमा सत्ता सञ्चालनको हरेक अंगमा पुगेका दौरासुरुवाल लगाउनेहरू हठपना र जनजाति, आदिवासी बनाइएका र पछाडि पारिएका दलित वर्गको मुर्खताले जातीय द्वन्द्व नहोला भन्न सकिन्न ।

प्रतिक्रिया