बसवरीयामा समाजिक सुरक्षा भत्ता वितरण शुरु

सर्लाही । जिल्लाको बसवरीया गाउँपालिकामा दोश्रो चौमासिकको समाजिक सुरक्षा भत्ता शुक्रवार देखि वितरण शुरु गरिएको पालिका अध्यक्ष रामअयोध्या यादवले जानकारी गराएका छन् । पालिकाको वडा नं. ४ मा २८ गते, वडा नं. १ मा ३० गते, वडा नं. २ मा ३१ गते, वडा नं. ५ मा असार १ गते, वडा नं. ६ मा २ गते र वडा नं. ३ मा असार ३ गते समाजिक सुरक्षा भत्ता वितरण गरिने पालिकाका प्रशासकीय अधिकृत रामप्रकाश रायले जनाए ।

त्यसैगरी बालबालिकाहरुको समाजिक सुरक्षा भत्ता भने असार ६ गते वडा नं. १ र २ मा, असार ७ गते वडा नं. ३ र ४ मा , असार ८ गते वडा नं. ५ र ६ मा वितरण गरिने प्रशासकीय अधिकृत रायले बताए । प्रशासकीय अधिकृत रायका अनुसार, प्रत्येक वडामा छुटफुट भएका लाभग्राहीहरुलाई नेपाल बैंक लिमिटेड भवानीपुरबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने जानकारी गराए ।

प्रतिक्रिया