रंग‍-विविध

अभिनेता दिलीपकुमार अस्पतालबाट डिस्चार्ज

सौर्य अनलाइन २०७८ जेठ २८ गते १५:१९ मा प्रकाशित

काठमाडौं । बलिउडका दिग्गज अभिनेता दिलीपकुमार अस्पतालबाट डिस्चार्ज भएका छन् । फैजल फारुकीले सामाजिक सञ्जालबाट दिलीपकुमार अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्– ‘तपाईंहरुको प्रेम, स्नेह र प्रार्थनाले दिलीप साहब अस्पतालबाट घर फर्किएका छन् ।’

दिलीप कुमारलाई गत आइतबार स्वासप्रस्वासमा समस्या देखिए पछि हिन्दुजा अस्पताल भर्ना गरिएको थियो । गत महिना पनि दिलीपकुमार अस्पताल भर्ना भएका थिए । सो समय पनि उनलाई सास फेर्न गाह्रो भएको बताइएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय