सिभिल बैंकको सीईओमा ३० वर्ष बैंकिङ क्षेत्रमा काम गरिसकेका पोखरेल

काठमाडाैं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल पोखरेल नियुक्त भएका छन । गोविन्द गुरुङले राजीनामा दिएपछि निमित्त सीईओ भएर काम गर्दै आएका उनलाई सीईओ नियुक्त गरिएको हो ।

बैंक संचालक समितिको बिहीबार बसेको बैठकले पोखरेललाई चार वर्षको लागि सीईओ नियुक्त गरेको हो । उनी २०७६ जेठ २ मा सिभिलको डेपुटी सीईओमा नियुक्त भएका थिए ।

पोखरेलले तत्कालिन एनआईसी, नविल, स्टाण्र्डर्ड चाटर्ड बैंक हुँदै म्यानमारको एसियन ग्रिन डेभलपमेन्ट बैंकमा गरी ३० वर्ष बैंकिङ क्षेत्रमा काम गरिसकेका छन् ।

प्रतिक्रिया