पोर्टेबल अक्सिजन ब्याग बजारमा

काठमाडौ । ई कमर्श प्लेटफर्म रिचार्जरले कोरोनाका साथै अन्य आकस्मिक बिरामीका लागि लक्षित गर्दै पोर्टेबल अक्सिजन व्याग बजारमा ल्याएको छ । कोभिड सम्बन्धि सबै किसिमका सामान बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउँदै आएको रिचार्जरले अक्सिजन व्यागको बिक्री बितरण सुरु गर्न लागेको हो ।

शुक्रबार दिउँसो २ बजेदेखि ५ बजे सम्म रिचारजर एपमा उक्त व्याग खरिदका लागि बुकिङ तथा अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ । उक्त अवधिमा बुकिङ गर्नेलाई पोर्टेबल अक्सिजन २ हजार रुपैंयाको दरमा उपलब्ध हुनेछ । उक्त अवधिमा रिचार्जरका प्रयोगकर्ताले ५ सय देखि ५ हजार रुपैया सम्म क्यास प्वाइन्ट रिडिम गर्न सक्ने छन् ।

१ लिटर क्षमताको उक्त पोर्टेबल व्यागले ४५ मिनेटदेखि १ घण्टासम्मका लागि बिरामीलाई अक्सिजन उपलब्ध गराउने छ । उक्त अवधिमा बिरामीलाई अस्पताल पुर्याउन पोर्टेबल अक्सिजनले सधाउ पुर्याउनेछ । एक पटक अक्सिजन सकिए पछि अक्सिजन सिलिन्डर वा अक्सिजन रिफिल गर्ने ठाउ बाट व्यागमा पुनः भरेर प्रयोग गर्न सकिन्छ । यसका लागि पनि पुर्ण रि फिल गर्न सकिन्छ ।

रिचार्जरले १० लिटर क्षमताको अक्सिजन सिलिण्डर ९ हजार ९ सय ९९ रुपैंयामा उपलब्ध गराउनेछ भने सर्जिकल मेल्टबोन मास्क ३ रुपैंयाका साथै अन्य वस्तुहरु सस्तो मूल्यमा उपलब्ध गराउने छ । रिचार्जरले ५ लिटर क्षमताको वाई यु ३०० अक्सिजन कन्सन्ट्रेटर ३३ हजार ९ सय ९९, ओगल्सको ५ लिटर क्षमताको ६५ हजार र १० लिटर क्षमताको १ लाख ३५ हजार रुपैंयामा उपलब्ध हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया